११२औं विश्व श्रमिक महिला दिवसकाे अवसरमा लिम्बुवान महिला मञ्चद्वारा धरानमा निकालियो र्‍याली

 लिम्बुवान न्युज
                       

धरान, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्गर्त संघीय लिम्बुवान महिला मञ्च सुनसरी जिल्ला समिति र धरान उपमहानगरपालिका समितिले संयुक्त रुपमा र्‍याली निकालेका छन् । मंगलबार ११२औं विश्व श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन मञ्चले र्‍याली निकालेको हो ।

महिलाहरु प्रति लैगिंक, सांस्कृतिक, सामाजिक, शारीरिक विभेदको अन्त्य गर्न प्ररित गर्न ¥यालीमा सहभागी भएका लिम्बुवान महिला मञ्चका नेतृहरु बताउँछन् । महिलाहरु चुलोचौकोबाट बाहिर निस्किएर समाज र देश परिवर्तनको लागि राजनैतिक पार्टीमा आबद्ध भई झण्डा बोकेर सडकसम्म निस्कन बाध्य छन् ।

महिला हिंसा अन्त्य गर्ने नयाँ संरचना बनाउनु पर्नेमा जोड दिदैं महिला नेत्रीहरुले समाज परिवर्तन गर्न मुख्य रुपमा महिलालाई पूर्ण अग्राधिकार दिनु पर्ने । संघीय शासन प्रणालीमा हरेक निकायमा बराबर रुपमा सहभागी गराउन संविधान मै ग्यारेन्टी गरिनु पर्ने । बलत्कार जस्तो जघन्य अपराध गर्ने अपराधिहरुलाई कसुर ठडिए मृत्यु दण्ड जस्तो सजाय समेत दिनेखालको कानुन संसोधन गरि लागू गर्नेपर्नेमा जोड दिएका छन् ।

र्‍याली बिभिन्न नाराहरू लेखिएकाे प्ले कार्ड समेत सहभागी महिलाहरूले बाेकेका थिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...