लिम्बुवान प्रान्तीय कार्यालय अध्यक्ष लिङदेनको हस्तबाहुलीबाट शुभारम्भ

,   लिम्बुवान न्युज
                       

दमक, २५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय नयाँ व्यवस्थापन सहित शुभारम्भ भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ब्यानर पढ्दै रिवन काटेर शुभारम्भ गरेका छन् ।

मञ्चको प्रान्तीय कार्यालय यस अघि इटहरीमा रहेको थियो । यद्यपी कार्यालय व्यवस्थापन र नौ जिल्लाको केन्द्र दमक नै ठहर गर्दै मञ्चले कार्यालय दमकमा पुनः स्थानन्तरण गरेको हो । मञ्चको स्थापना काल देखि नै दमकमा रहेर पार्टी संचालन गर्दै आएको थियो । लामो समय दमकमा रहेर पार्टी संचालन गरेको अध्यक्ष लिङदेनले स्मरण गर्दै पुनःताजकी दिदैं लिम्बुवान आन्दोलन नयाँ स्प्रिटका साथ अघि बढने उनले विश्वास लिएको बताउनु भयो ।

२०६२ सालमा स्थापना भएको मञ्च निरन्तर संघीयता, पहिचान सहितको १०+१ प्रान्त प्राप्तीको यात्रामा अघि बढेको प्रस्ट पार्दै अध्यक्ष लिङदेनले भने लिम्बुवानको आन्दोलन शान्तिपूर्ण तर शसक्त हुनेछ । क्रान्तिको नाममा कहिल्यै बन्दुक बोक्ने लिम्बुवानले कल्पना गरेको छैन बरु बन्दुक भन्दा शान्तिपूर्ण आन्दोलनमै शक्ति हुने उनले विश्वास भएको बताए ।

यसरी नै वर्तमान सरकारले स्थानीय तहको निर्वाचन पूर्व सबै दललाई आ–आफ्नो चुनाव चिन्ह दिए ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । थ्रेस होल्डको नाउँमा ठूलादलहरुले साना दललाई सिण्डिकेट लगाएको आरोप लगाउँदै उनले भने लोकतन्त्रको ठाडो खिल्ली उडाउने संसारमै कहि नभएको पहिचान विनाको संघीय राज्य निर्माण गर्ने एकात्मकपार्टी कांग्रेस एमालेले कहिल्यै संघीयता नचाहेको जिकीर गरे ।

यसरी नै एमसीसी ल्याउने महत्वपूर्ण पात्र प्रचण्ड नै हुन् भन्दै अध्यक्ष लिङदेन आजभन्दा तीन बर्ष अघि अमेरिका जाँदै यी सबै प्रक्रिया अघि बढेको बताउँनु हुँदै उनले भने एमसीसी के हो यसको स्वेत पत्र जारी गर, सबै राजनैतिक दललाई राखेर गोलमेच सम्मेलन गरेर जनतालाई प्रष्ट पार्नु पर्ने फरक धारणा राख्दै एमसीसीको बिरोध गरेको स्मरण गर्दै एमसीसी ३ बर्ष अघि नै सम्झौता भइसकेको खाली कसरी कार्यान्वयन गर्ने मात्र बाँकी रहेको अध्यक्ष लिङदेनले बताउनु भयो ।

कार्यालय शुभारम्भ कार्यक्रममा मञ्चका संघीय उपाध्यक्ष बिष्णु कुमार यक्सोले आफूले नजिकबाट लिम्बुवान आन्दोलन न्यालिरहेको हुँदा एकदिन यो आन्दोलन संस्थागत हुने स्पष्ट पार्नु भयो । तपाईहरु नथाक्न अनुरोध गर्दै चुनौतीहरुको चाङसँग लड्न प्ररित गर्दै अब आन्दोलन र चुनावहरुसँग जुध्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
मञ्चका प्रान्तीय उपाध्यक्ष चन्द्र खापुङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तव्य प्रान्तीय उपाध्यक्ष एबी पन्धाकले राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रान्तीय महासचिव दिलकुमार लावतीले गरेका थिए ।

कार्यक्रममा झापा, मोरङ र सुनसरीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यलयबाट नौ जिल्लाको जिल्ला समिति, क्षेत्रीय समिति, नगर, वार्ड र एकाईहरु त्यसैगरी प्रान्तीयन जनवर्गीय संगठनहरुलाई शसक्त र सांगठानिक मजबुत बनाउने, सबै कागजपत्रहरुको व्यवस्थापन, संगठनलाई अझ शसक्तरुपमा क्रियासिल बनाउने महत्वपूर्ण कार्यहरु गर्ने बताइएको छ ।

यसरी नै मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाको घरमा रहेको कार्यालय पाँच बर्षको लागि सम्झौता गरिएको अर्थसचिव दिलु लिङदेनले बताइन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;