धरान १६ मा लिम्बुवानको वडा गठन, मोरङको लेटाङ १ सरुपेटारमा टोल कमिटी गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २६ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले वार्ड तथा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । आज मञ्चको सुनसरी जिल्लाको धरान वडा नं. १६ मा शेर बहादुर तुम्बाफेको अध्यक्षतामा वडा समिति गठन भएको छ ।

आज गठित समितिमा उपाध्यक्षहरु निर बहादुर लिम्बु, रामकुमारी लिम्बु, विरेन्द्र जवेगु, पुष्पराज खतिवडा, सचिवमा सागर बि.क., सहसचिवमा जगु जवेगु, अर्थसचिवमा कमला लिम्बु निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा याम लिम्बु, चित्र लावती, घरसिपा लिम्बु, विष्णुकुमारी लिम्बु, अरुण शाक्य, डिल्लीशेर राई, राजकुमार राई, हेम कुमारी लिम्बु, कल्पना मगर, रेखा खालिङ, रेनका खड्का, लिला मगर, मान बहादुर लिम्बु, लिलानाथ जवेगु, टिकामाया याक्खा, सरस्वती लिम्बु, सुनकुमारी लिम्बु र निरज बि.क. रहेका छन् ।

त्यस्तैगरी मुख्य सल्लाहकारमा राजेन्द्र सुक्वाबो र अम्बिका सम्बाङफे रहेका छन् भने सल्लाहकारहरुमा रमेश कुमार राई, कालीप्रसाद सिंह, नरबहादुर हाङसो, मंगलमाया लिम्बु, अम्बी रसाईली, सोभा खड्का, ज्ञान बहादुर राई, भंकल बहादुर लिम्बु र ओमकुमार लिम्बु रहेका छन् ।

कार्यक्रममा मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे, प्रान्तीय उपमहासचिवहरु भुपेन्द्रसुन्दर लावती, गजेन्द्रमान चोङबाङक्याक, सचिवालय सदस्य सावित्रा पन्धाक, जिल्ला अध्यक्ष अमर इजम लगायत संघ, प्रान्त र जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

लेटाङ १ सरुपेटारमा टोल गठन

संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ १ वडा समितिले सरुपेटारमा टोल समिति गठन गरेको छ । समितिको संयोजकमा मनप्रसाद लिम्बु चयन गर्दै तदर्थ टोल समिति गठन भएको हो ।

उक्त समितिमा सदस्यहरु आइत माया लिम्बु, तुल बहादुर तामाङ, दिलकुमार लिम्बु, कोपिला मान लिम्बु, चन्द्रकला गुरुङ, वीर बहादुर खेवा र पर्शुराम मगर रहेका छन् । कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष जीवन खेवा, क्षेत्रीय संयोजक भवानी माखिम, लेटाङ नगर अध्यक्ष किशोर चाम्लीङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...