
रवि पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्च, नेपालको पाँचथर जिल्ला प्रदेश निर्वाचन क्षेत्रीय समिति निर्वाचन क्षेत्र ‘ख’को प्रथम क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ । संघीय अध्यक्ष कुमार लिङ्देन मिराकज्यूको प्रमुख आतिथ्यतामा उद्घाटनसत्र गरेको उक्त कार्यक्रममा पान्थर जिल्लाका तल्लो क्षेत्रका सबै जनसमुदायको उपस्थिति रहेको थियो ।

विहीबार आयोजित कार्यक्रमको बन्दसत्रले भिम नेम्बाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा लोकमान सेर्मा र तेजेन्द्र लावती रहेका छन् । त्यसैगरी सचिवमा भक्त प्रसाद नेम्बाङ चयन भएका छन् भने अर्थसचिवको पद हाललाई खालिराखिएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः कुमार नेम्बाङ, कमानसिं लावती, धनकुमार लावती, मनि नरेन्द्र चेम्जोङ, ठाकुर नेम्बाङ, नरेन्द्र नेम्बाङ, रत्न नेम्बाङ, इन्द्रध्वज सम्बाहाम्फे र गोमा एक्तेन नेम्बाङ चयन भएका छन् ।
द भोइस नेपाल किट्स रुक्साना लिम्बुलाई विशेष सम्मान गर्ने कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा हजारौंको उपस्थिति रहेको थियो । कार्यक्रम फाल्गुनन्द गा पा स्थित घुर्विसे पञ्चमी बजारमा बिहीबार समपन्न भएको छ ।

द भोइस नेपाल किट्स रुक्साना लिम्बुलाई विशेष सम्मान गर्ने कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा हजारौंको उपस्थिति रहेको थियो । कार्यक्रम तदर्थ समिति संयोजक लोकमान शेर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
