
पाँचथर, २७ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल प्रदेश क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । हिलिहाङ ३ स्थित गोपेटार बजारमा सम्पन्न आमसभा सहितको अधिबेशनले शर्ण लक्समलाइ निर्वाचित गरेको छ ।
उपाध्यक्षमा छत्रमान योङ्हाङ, कृष्णराज योङ्हाङ, बीरबहादुर केरुङ, सचिवमा गगन जबेगु, जोन हेम्ब्या, सहसचिव भिम लिङ्देन र अर्थसचिवमा मनकुमारी इवारमलाइ निर्वाचित गरेको छ ।

यसरी नै सदस्यहरुमा हङ्सराज लावती, सागर बेघा, कमल सिगु लिम्बू, कमल सिगु, मिङ्सो लिङ्देन, सुमन हाङ्सरुम्बा, केन्द्रा चेम्जोङ, नेत्र तावाहाङ, गौरव हाङ्सरुम्बा, सुशील हेम्ब्या, नवीन काम्बाङ, जीतबहादुर बेघा, बलबहादुर लक्सम, गजेन्द्र लावती, आशिश सुहाङ, सुजन मादेन, तिलबहादुर केरुङ, योगेश आङ्थुपो, फुलमाया सुहाङ, वसन्त योङ्हाङ, अमृता जबेगु र सन्तोष सिगुलाइ निर्वाचित गरेको छ ।

संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष बिष्णु यक्सो, उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे, उपाध्यक्ष बिष्णु भट्टराई, अर्थसचिव सुर्य आङ्बुहाङ, सचिव सागर केरुङ, सुनिता केरुङ, सचिवालय सदस्य देउकुमार नेम्बाङ, जसबहादुर योङ्हाङ, गणेश मिभक, राजु चोङ्बाङ, मन्डेम लिम्बू, सदस्य सुमन योङ्हाङ, जितेन अधिकारी, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, उपाध्यक्ष हर्कजङ लिङ्देन, सचिवद्वय सुबास नुनाम केरुङ र योगेस योङ्या लगायत जिल्ला नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बाल गायिका रुक्साना लिम्बू र गायक राज लाबुङ्ले गायन प्रस्तुत गरेका थिए ।