लिम्बुवान कतारद्वारा पिडितहरुलाई ४० हजार अर्थिक सहयोग प्रदान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको पहिलो सचिवालय बैठकले विभिन्न प्रकृतिका पिडितहरुका लागि नेपाली ४० हजार रुपैयाँ सहयोग गरेको छ ।

मञ्चका अध्यक्ष रेखा राई खामसामाको अध्यक्षतामा बसेको सचिवालय बैठकले सांगठानिक महत्वपुर्ण विषयहरुमाथि घनिभुत छलफल तथा निर्णयहरु गर्नका साथै मञ्चले तेह्रथुम जिल्ला, लालिगुरास गापा घर भई मृगौला पिडित जानुका सेनेहाङ, पान्थर फालेलुङ गा.पा. ३ घर भई अग्नी पिडित निलिमा केरुङ, पान्थर फालेलुङ १ घर भई ब्रेन ट्युमरका रोगि कुमारी आङथुपो र इलाम जिल्ला माइनगर घर भई अशोक मगर लगायतलाई १०/१० हजारका दरले जम्मा ४० हजार नेपाली रुपैंया सहयोग गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास कार्यसमिति संघीय लिम्बुवान समाजिक मञ्च कतारले प्रवास देखि घरबास सम्म जानकारीमा आएका पिडितहरुलाई विभिन्न समयमा सहयोग गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...