मिक्लाजुङ बेहुली ढुंगामा फाल्गुनन्दको शालिक बन्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २८ फाल्गुन । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक बन्ने भएको छ । साथै सोही स्थानमा युमा माङहिमको पनि शिलान्यास भएको छ ।

शुक्रबार पान्थरको मिक्लाजुङ २ र ४ को संगमस्थल बेहुली ढुङ्गा (मेखिम लुङ)मा किरात धर्मगुरु आत्मानन्द लिङदेन गुरुआमा पवित्रहाङमा साँवा लिङदेनको हस्तबाहुलिबाट माङ्हिम र प्रतिमा शिलान्यास भएकोे हो ।

थामडाँडामा फाल्गुनन्दले सूर्य अवलोकन गर्नुभएको स्थान र मेक्खिमलुङ (बेहुली ढुङ्गा) वर्तमन गुरु आत्मानन्द र गुरुआमा पबित्रहाङमा लिङ्देनले अवलोकन समेत गर्नुभएको थियोे ।

कार्यक्रममा किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी सचीवहरु खड्ग साम्बा, टंक लिङ्देङ गुरुनिजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, माङ्सेबुङ हेरिटेज प्रा.लि. अध्यक्ष शेरबहादुर लाओती, गुरु निजी कानुनी सल्लाहकारद्धय भिम खत्री, एन.एस फागो, मिक्लाजुङ गापा उपाध्यक्ष उर्मिला राइ वडा नं.२ को अध्यक्ष सन्तोस सेर्मा,लगायत किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमको अध्यक्षतामा भएको थियो । प्रतिमा प्रदेश सरकारको ४० लाख र पालिकाको २२ लाख रुपैयाँ लगानीबाट निर्माण हुने पालिकाका अध्यक्ष माखिमले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...