मिक्लाजुङ बेहुली ढुंगामा फाल्गुनन्दको शालिक बन्ने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २८ फाल्गुन । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक बन्ने भएको छ । साथै सोही स्थानमा युमा माङहिमको पनि शिलान्यास भएको छ ।

शुक्रबार पान्थरको मिक्लाजुङ २ र ४ को संगमस्थल बेहुली ढुङ्गा (मेखिम लुङ)मा किरात धर्मगुरु आत्मानन्द लिङदेन गुरुआमा पवित्रहाङमा साँवा लिङदेनको हस्तबाहुलिबाट माङ्हिम र प्रतिमा शिलान्यास भएकोे हो ।

थामडाँडामा फाल्गुनन्दले सूर्य अवलोकन गर्नुभएको स्थान र मेक्खिमलुङ (बेहुली ढुङ्गा) वर्तमन गुरु आत्मानन्द र गुरुआमा पबित्रहाङमा लिङ्देनले अवलोकन समेत गर्नुभएको थियोे ।

कार्यक्रममा किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी सचीवहरु खड्ग साम्बा, टंक लिङ्देङ गुरुनिजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, माङ्सेबुङ हेरिटेज प्रा.लि. अध्यक्ष शेरबहादुर लाओती, गुरु निजी कानुनी सल्लाहकारद्धय भिम खत्री, एन.एस फागो, मिक्लाजुङ गापा उपाध्यक्ष उर्मिला राइ वडा नं.२ को अध्यक्ष सन्तोस सेर्मा,लगायत किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमको अध्यक्षतामा भएको थियो । प्रतिमा प्रदेश सरकारको ४० लाख र पालिकाको २२ लाख रुपैयाँ लगानीबाट निर्माण हुने पालिकाका अध्यक्ष माखिमले बताएका छन् ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;