चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै सर्बोच्चमा रिट दायर

 लिम्बुवान न्युज
                       

काठमाडौं, २८ फाल्गुन । स्थानीय निर्वाचनमा दलीय चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने माग गरी राष्ट्रिय जनमुक्ति पार्टीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बिहीबार जनमुक्तिले चुनाव चिह्न ‘घर’ पाउनु पर्ने माग सहित सर्वोच्चमा रिट दायर गरेको हो ।

जनमुक्ति पार्टीका उपमहासचिव समेत रहेका अधिवक्ता चेत आलेद्वारा दायर रिटमा भनिएको छ, ‘निवेदक राष्ट्रिय जनमुक्ति पार्टीको दल निर्वाचन आयोगमा दर्ता हुँदाका बखत प्राप्त गरेको चुनाव चिह्न घर पाउने गरी आवश्यक अध्यादेश, ऐन, नियम ल्याउन, पारित गर्न प्रत्यार्थीहरूको नाउमा परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा वा आदेश जारी गरिपाउँ ।’

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्, कानून मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।
अहिलेसम्म निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र निर्वाचनमा दलीय चुनाव चिह्न प्रदान गर्दै आएको छ । राष्ट्रिय मान्यता नपाएका अन्य २८ दलले पनि दलीय चुनाव चिह्न प्रदान गर्नुपर्ने माग गर्दै आएका छन् ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि आफू प्रदेश नं. १ मा सरकारमा समेत सहभागी भएको दल भएको हुँदा र उपनिर्वाचनमा भाग लिदाँ निर्वाचन आयोगले आफ्नै चुनाव चिन्ह दिएको हुँदा चुनाव चिन्ह पाउनु पर्ने माग रहेको महासचिव अशोक चेम्जोङले बताए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;