लिम्बुवानले चुलाचुली १ मा टोल समिति गठनलाई तिब्रता दिदै

 लिम्बुवान न्युज
                       

दमक, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली १ नम्बर वडामा टोल समिति गठनलाई तिब्रता दिइएको छ ।

मञ्चले गत स्थानीय चुनावमा चुलाचुली १ मा वडाप्रतिनिधि वडाध्यक्ष सहित जितेको सो वार्ड राष्ट्रिय सहिद राजकुमार आङदेम्बे माङतोकको घरसमेत पर्दछ । लिम्बुवान आन्दोलनको क्रममा २०६४ मंसिर २० गते उनी सहिद भएका थिए ।

चुलाचुली १ का वडाध्यक्ष मञ्चका लिम्बुवान प्रान्तीय सचिवालय सदस्य पूर्ण लावतीका अनुसार चुलाचुली १ मा विभिन्न टोल समितिहरु गठन भएका छन् । उनका अनुसार राई टोलमा वीरु लिङदमको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको छ ।

उक्त समितिको उपाध्यक्षहरुमा विक्रम फागो, कविता राई, सचिव मदन फागो, सहसचिव भुपेन्द्र राई र अर्थसचिव चामबहादुर राई भएका छन् भने सदस्यहरुमा किरण लिङदम, दुरेन फागो, भिम जवेगु, जनेन्द्रबहादुर लिम्बु, पूर्ण साउदेन, राम बहादुर राई, सुशिल तामाङ, ज्ञानु फागो, पूर्ण राई र पर्वत राई रहेका छन् ।

यसरी नै चौविसे टोलको अध्यक्षमा विक्रम देवान चयन भएका छन् । उपाध्यक्षमा खगेन्द्र बहादुर थापा मगर, सचिवमा दिलिप साँवा र अर्थसचिवमा सन्जु योङहाङ चयन भएका छन् । सदस्यहरुमा विनोद पन्धाक, देउमाया लिम्बु, रोहित श्रेष्ठ, डिक बहादुर जबेगु र सिर्जना साँवा रहेका छन् ।

कामत टोलको अध्यक्षमा अटल नेम्बाङ् चयन भएका छन् । यसरी नै उपाध्यक्षमा परिवेश जवेगु, सचिवमा सुजता थाम्सुहाङ र अर्थसचिवमा रेजिना थाम्सुहाङ चयन भएका छन् भने सदस्यहरुमा दिलकुमार तुम्रोक, लोकेन्द्र फागो, मेहेरमान लाबुङ, बुद्धिराज फागो र भिममाया केरुङ छन् ।

 

तुलाकुमार फियाकको अध्यक्षतामा १५ सदस्यीय टुक्रे टोल समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गोपाल जवेगु, सचिवमा विकल फागो र अर्थसचिवमा सुन्दरी इवा लिम्बु चयन भएका छन् । यसरी नै सदस्यहरुमा काजी लावती, बुद्धमाया माबो, नेत्रमाया लिम्बु, हर्क बहादुर मावो, अमृत योङहाङ, डिक बहादुर मावो, औबे बहादुर लावती, टंकमाया लिम्बु, भर्तमान लावती, पूर्णकुमारी लिम्बु र बुद्धवीर साँवा रहेका छन् ।

लिम्बुवान मञ्च चुलाचुली १ ले ४ वटा टोल समितिको इन्चार्जहरु समेत तोकेको छ । टुक्रे टोल इन्चार्जमा देउमान नेम्बाङ, दिबोम्बा टोलमा रञ्जन फागो, कामत टोलमा विकास राज राई, स्कुल डाँडा टोलमा दिनेश तुम्बापो रहेका छन् ।

मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावती, सचिव सन्तोष तुम्बापो, सचिवालय सदस्य तथा १ नं. वडाध्यक्ष पूर्ण लावती, तिलक फागो, प्रान्तीय सदस्यहरु कुमार तुम्बापो, दिपक आङदेम्बे, जिल्ला अध्यक्ष विपीन योङया लगायत नेताहरुको विशेष पहलमा टोल समिति गठन तथा प्रशिक्षण कार्यक्रम निरन्तर भईरहेको वडाध्यक्ष लावतीले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...