माङसेबुङ ४ मा पत्रकारिता तालिम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक लि.ख. । इलामको माङसेबुङ ४ स्थित मार्चेबुङमा आयोजित तीन दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।

आठ जना महिलासहित १८ जनाको सहभागिता रहेको तीन दिने तालिमको शुक्रबार समापन गरिएको हो ।

वडालाई प्रभावकारी सञ्चार सञ्जालमा जोड्ने र स्थानीय युवाहरुलाई पत्रकारिता सीप र दक्षता अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले तालिममा सहयोग गरिएको माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष अमृतबहादुर राईले जानकारी दिए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न वडा अध्यक्ष राईले सहभागीलाई सुझाव समेत दिएका थिए ।

तीन दिने तालिमलाई सहजीकरण गरेका सहजकर्ता एवम् हरप्रहर डटकमका सम्पादक कमन देवानले पत्रकारिता पेशामा जोडिएपछि पत्रकारका लागि हरेक दिन नयाँ तालिम झैं महत्त्वपूर्ण हुने बताए ।

तालिमका सहभागी मध्ये धनकुमारी राई र गोबिन्द लिम्बूले तालिमको सिकाइ बारे बोलेका थिए ।

कार्यक्रममा तालिममा सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षक देवान र माङसेबुङ वडा नम्बर ४ वडा कार्यालयलाई सहयोगको निम्ति धन्यवाद–पत्र प्रदान गरिएको थियो ।

वडाध्यक्ष राईको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रम आयोजक संस्था बुलन्द मल्टी टेक्निकल मिडिया प्रा.लि.का अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन अतित योङहाङले गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...