लिम्बुवान मेचीनगर अध्यक्षमा सुकवीर कन्दङवा निर्वाचित

 लिम्बुवान न्युज
                       

मेचीनगर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मेचीनगरको सातौं नगर अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ सल्लाहकार नन्दकुमार विष्टको प्रमख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुकवीर कन्दङवाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

शनिबार आयोजित अधिवेशनले कन्दङवाको १७ सदस्यीय कार्य समिति बनेको हो । समितिको उपाध्यक्षहरुमा चन्द्रा साबा र कल्पना राई, सचिवमा भवानी महत, सहसचिवमा नविन तावा लिम्बु र भवानी विक्रम तुम्बापो रहेका छन् । यसरीनै सदस्यहरुमा मेरेजमान लिम्बु, भिम गडोल, विवेक सावा, अनुप दाहाल, सरोज मैनाली, डम्बर लिम्बु, सुनिल लिङ्गिम, अर्जुन लिम्बु, बुद्धि सेरेङ लिम्बु, कमल लिम्बु र याम प्रसाद थेगिम रहेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि प्रान्तीय उपाध्यक्ष यलम्बर खम्बू, उपमहासचिव मानबहादुर साँवा, सचिवहरु भक्त मेन्याङबो, राजु राई र काजीमान ओख्राबो, सचिवालय सदस्य मिन चम्लागाई, प्रान्तीय सदस्य पूर्ण योङहाङ लगायत नेताहरु त्यसरी नै जिल्ला अध्यक्ष नगेन राई, बरिष्ठ उपाध्यक्ष अमित खम्बू, के उपकमाण्डर पूर्ण सुहाङ लगायत नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम नगरअध्यक्ष विक्रम चेम्जोङको अध्यक्षता र सचिव भवानी महतको संचालनमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...