पदम चेन्जी मावो लिम्बुवान मञ्चको ताप्लेजुङ निर्वाचन क्षेत्र ‘क’को अध्यक्ष

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् , २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश निर्वाचन क्षेत्रीय समितिको अधिवेशनलाई तिब्रता दिएको छ । शनिबार मञ्चले ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को अधिवेशन सम्पन्न गरेको छ ।

युवा नेता पदम चेन्जी मावोलाई अध्यक्षमा निर्वाचित गर्दै प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको उपस्थिति रहेको थियो ।

समितिको उपाध्यक्षहरुमा भिष्म खुदाङ र शुक्र सेनेहाङ रहेका छन् भने सचिवमा रन्जित लिम्बु, सहसचिवमा लोकेन्द्र ताम्लिङ र अर्थसचिवमा विशाल राई रहेका छन् ।

समितिको सदस्यहरुमा दुर्गाप्रसाद माबो, रोशन पौडेल, विवेक सेलिङ, एरीक्षा बेघा ताम्लिङ, लक्ष्मन लिम्बू, मीमराज मेन्याङ्बो, श्याम मेन्याङ्बो, भीम साम्सोहाङ, खगेन्द्र इजम, यामकुमार लिङ्देन, मनिला लिङ्देन, अस्मिता लिङ्देन, शान्ता तबेबुङ, रुपा पालुङ्वा, राजेन्द्र काङ्भा, हस्तबहादुर काङ्भा, सुधिर काङ्भा, सुजन माबो, रबिन काङ्भा, सन्तोष चेन्जी माबो, रनकुमार थेबे, मेलकुमार सेनेहाङ र भीमकुमार माबो रहेका छन् ।

रञ्जना ताम्लिङको अध्यक्षतामा क्षेत्रीय महिला मञ्च गठन

शनिबार आयोजित क्षेत्रीय अधिवेशनबाट रञ्जना ताम्लिङको अध्यक्षतामा संघीय लिम्बुवान प्रान्तीय मञ्च ताप्लेजुङ क्षेत्रीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा कुमारी थेवे, सचिवमा शान्ता तबेबुङ माबो, सहसचिवमा शोनी थेवे र अर्थसचिवमा रुपा पालुङवा रहेको छन् ।

यसरी नै सदस्यहरुमा अस्मिता लिङ्देन, बिमला इजम, देउकुमारी पन्दाक, सन्जीता माबो, कमला योङहाङ माबो, सविना लिङ्देन, दिलु इधिङ्गो, प्रिया थेबे, प्रमिला परा काङ्भा, मन्ता काङ्भा, मनिला लिङ्देन, सरीता सिवा, सोनिया कन्दङ्वा थेबे, सुनिता माबो, धनमाया माबो, इरिया बेघा, कुमारी थेबे
र शान्ता चेन्जी माबो चयन भएका छन् ।

कार्यक्रममा मञ्चका संघीय उपाध्यक्ष विष्णु कुमार यक्सो, लिम्बुवान प्रान्तीय उपाध्यक्षहरु इन्दीरा मेन्याङबो, विष्णु भट्टराई, महासचिव लक्ष्मी मावो, , संघीय अर्थसचिव सुर्यमान आङबुहाङ, प्रान्तीय सचिव रीता मादेन लगायत संघ, प्रदेश र प्रान्तका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...