दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
पान्थर, फेदेन २९ फाल्गुन। याक्थुङ लिम्बूहरुको छाता संस्था किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशन शनिवार देखि लिम्बुवानको पान्थर फेदेनमा शुरु भएको छ ।
लिम्बु मौलिक बाजा के, लिम्बू जातीको संस्कृति तथा पोशाक सहित ¥यालीले लिम्बुवानको पान्थर फेदेन बजार परिक्रमा पछि शनिबार जिल्ला समन्वय समिति पान्थर स्थित शहिद मञ्चमा कियाचु ११औं राष्ट्रिय महाधिवेशनमा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको थियो ।
सामाजिक संस्थाका रुपमा स्थापित कियाचुले एक नम्बर प्रदेशलाई ऐतिहासिक पृष्ठभूमिका आधारमा ‘लिम्बुवान’ नामाकरण गर्न माग गर्दै आएको छ ।
चुम्लुङको महाधिवेशनमा १ नम्बर प्रदेशका पान्थर, ताप्लेजङ, धनकुटा, तेरथुम, संखुवसभा, सुनसरी, मोरङ, झापा, इलाम, काठमाडौ, ललितपुर र भक्तपुर सहित विदेश चुम्लुङबाट चार सय प्रतिनिधिहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
उद्घाटनसत्र कार्यक्रमबाट कियाचु युवराज पत्रकारिता पुरस्कार २०७८द्धारा २०५६ सालदेखि निरन्तर रुपमा लुङा पत्रिका प्रकाशन गरी लिम्बू भाषा र साहित्य खोजमूलक लेख रचाना, समाचार प्रकाशन र लिपी विकासको लागि अहम भूमिका निर्वाह गरेको भन्दै सञ्चारकर्मी सेसेमी से–नाल्बोलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरेको छ ।
उद्घाटन समारोहमा कियाचु केन्द्र आत्म निर्भर अक्षयकोष चुम्लुङ उत्कृष्ट सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । कियाचु कुवेतले नगद एक लाख ७१ हजार रुपैयाँ र पूर्व गोर्खा मेजर पदम बहादुर आङबुहाङ एमभिओ एवं परिवारबाट एक लाख पाँच हजार पाँच सय रुपैयाँ, त्यसै गरी कियाचु जापानबाट एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको महासचिव निरन्ती तुम्बापोले बताइन ।
यसरी नै कियाचु केन्द्र आत्मा निर्भर अक्षयकोष चुम्लुङ गौरवशाली सहयोग दातामा कियाचु हङकङ वरिष्ठ उपाध्यक्ष , समाजसेवी तथा व्यवसायी सम्सेर तुम्बाहाङ्फे एवं परिवारबाट स्वः आमा गंगादेवी फुदोङको स्मृतिमा गौरवशाली सहयोगदाताको रुपमा पाँच लाख पाँच सय रुपैयाँ सहयोग गरेको थियो ।
कार्यक्रममा लिम्बू भाषाको कक्षा ६ देखि ८ को पाठ्यपुस्तक, कियाचु गतिविधि २०७४–२०७८ स्मारिका, दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठि २०७८ को अनुभव संगालो ताक्लुङमा मुन्धुम, दोस्रो राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठि २०७८ को ताक्लुङमा मुन्धुम भिडियो, मधुराज केरुङको लिम्बू कविता सङ्ग्रह तुम्दुङसेरी र याक्थुङ मुन्धुम युनेस्कोमा दर्ज निर्मित तङ्सिङ याक्थुङ मुन्धुम भिडियो छ वटा पुस्तक तथा भिडियो विमोचन समेत गरिएको थियो ।
शनिवार देखि नै बन्दसत्र सुरु हुने लिम्बूहरु साझा संस्था चुम्लुङको महाधिवेशनमा नीति, कार्यक्रम तथा आगामी योजनाको बारेमा छलफल हुने बताईएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्याल, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति सचिव सर्मिला आङ्देम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, नेपाली काँग्रेस पान्थर जिल्ला समिति सभापति रुपनारायण चवेगु, नेकपा माओवादी केन्द्र पान्थर जिल्ला समिति संयोजक होम बहादुर चवेगु, नेकपा एस. समाजवादी पान्थर जिल्ला समिति अध्यक्ष कमल चवेगु, जसपा नेपाल पान्थर जिल्ला समिति अध्यक्ष लक्ष्मण लाओती, कियाचु पूर्व केन्द्रीय सचिव नरेन्द्र कुमार केरुङ, कियाचु लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङ, नेवाल्याण्ड प्रदेश अध्यक्ष भीम नेम्बाङ, नेपाल पत्रकार महासंघ पान्थर अध्यक्ष गिगरिराज वाँस्कोटा र सम्मानित सेसेमी सेनाल्बो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम उद्धाघटन सत्रमा कियाचु केन्द्रीय अध्यक्ष योगगराज वनेम लिम्बूको अध्यक्षतामा, स्वागत मन्तव्य के. उपाध्यक्ष याम योङहाङले राखेका थिए भने संचालन के. सचिवद्धय चन्द्र कुमार आङदेम्बे र कमला फोम्बोले गरेको थियो ।
चुम्लुङको महाधिवेशनको आइतबारबाट बन्दशत्र शुरु भएको छ भने सोमबारसम्ममा नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...