रुपा चोङबाङ लिम्बुवान मञ्चको ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र ख अध्यक्षमा चुनिइन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा रुपा चोङबाङ चुनिएकि छिन् । आइतबार ताप्लेजुङको दाभानमा आयोजित दोस्रो क्षेत्रीय अधिवेशनले चोङबाङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मञ्चका उपाध्यक्षहरु ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष तथा माननीय सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विष्णु यक्सो, विष्णुमाया थापा, प्रदेश सचिव नविन पोमू, प्रान्तीय सचिवहरु सुनिता केरुङ, मुक्साम लाबुङ, रीता मादेन लगायत नेताहरुले सभालाई साम्बोधन गरेका थिए ।

कार्यक्रमको बन्दसत्रबाट उपाध्यक्षहरुमा राजेन्द्र लिम्बु, मान बहादुर साँवा, करुणा लिम्बु, ज्ञानेन्द्र लिम्बु, उमेश वनेम, सचिवहरुमा छत्र आङबुहाङ, सुवास हाङगाम, मनिकुमार थलङ र उमेश वनेम लिम्बु, अर्थसचिव विशाल श्रेङ चोङबाङ र सहअर्थसचिवमा आदिप तवेवुङ निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा आशिक धोज साँवा, रोहन साँवा, रनहाङ साँवा, विरेन्द्र सेन्दाङ, सम थक्लुङ, रितेश मावोहाङ, राम सुनुवार, सन्तवीर योक्वा, सुर्य नेयोङ, किरात लिम्बु, दिपेन्द्र सुनुवार, सुकवीर थोप्रा, दिपेन नाल्बो, चन्द्र कुमार चोङवाङ क्याक, देउमान ओख्राबु, आश कुमार योङहाङ, राज कुमार केदेम, सुख बहादुर थोप्रा, मोहन सावादेन, आइत वीर लिम्बु, सुख राज याङदेन, लाल बहादुर नाल्बो, दुर्गा साँवा, शुसील लिम्बु, सिदिमान वनेम, उत्तरमान नेयोङ, समिप लिवाङ र भरत रसाईली रहेका छन् ।

दोभान बजारमा आयोजित कार्यक्रमबाट सयौंको संख्यामा लिम्बुवान मञ्चमा प्रवेश गरेको प्रान्तीय सचिव नाल्बोले बताएका छन् । द भोइस क्ट्सि रुक्साना लिम्बुलाई दोभानवासीले विशेष सम्मान कार्यक्रमसमेत उक्त कार्यक्रममा गरेका थिए । कार्यक्रममा युवा गायक राज लाबुङले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा संघीय अर्थसचिव सुर्यमान आङबुहाङ, प्रदेश सचिव भवीराज तुम्सा, संघीय सचिवालय सदस्य संगम खनाल, पदम चेन्जी मावो, गणेश मिभक, जिल्ला अध्यक्ष भुपेन्द्र मावो लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...