शेर्पा प्रान्तीय मञ्चको ल्होसार शुभकामना तथा प्रवेश कार्यक्रम (फाेटाे फिचर सहित)

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा प्रान्तीय मञ्च, नेपालले काठमाडौं बौद्धस्थित शेर्पा गुम्बामा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

बौद्ध धर्मगुरु सेर्कोङ रिन्पोक्षेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय मञ्चका उपमहासचिव दिपा आदाङमा गंगा, संघीय सचिवहरु चन्द्र कन्दङवा लावासा, दिलकुमार लावती, संघीय सचिवालय सदस्य एविश्चा लाबुङ, संघीय सदस्यहरु प्रयास बान्तवा, सरस्वता लिङदेन, काठमाडौं उपत्यका अध्यक्ष मिक्तोक इवा, मुख्य सचिव रन्धोज ताम्लीङ, अर्थसचिव निसा लिम्बु लगायत नेताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा शेर्पा प्रान्तका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शेर्पा जातीहरुको महान चार्ड ल्होसारको अवसर पारेर आयोजित उक्त कार्यक्रममा शेर्पा कलाकारहरुले विभिन्न जातीय परम्पराका नृत्य र गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, संखुवासभा लगायत विभिन्न जिल्लाका शेर्पा जातीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मञ्चका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए भने धर्मगुरुबाट धार्मिक प्रवचन समेत राखिएको थियो ।

संघीय शेर्पा प्रान्तीय मञ्चका अध्यक्ष तेम्डी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य दावा शेर्पाले राखेका थिए भने संचालन उपाध्यक्ष निमा शेर्पाले गरेका थिए ।

यसैगरी उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि शेर्पा प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा सुकराम तामाङ दोलखा, दावा ग्याल्बो लामा, साङतेम्बा शेर्पा, निम्फुन्जो शेर्पा, सुञ्ज्यू शेर्पा भुजेल, याङजुम दोङ, टाशी डोल्मा शेर्पा, कामी शेर्पा, लिलादेवी तामाङ, साङडोमा शेर्पा, दावा तामाङ गोले, प्रवेश तामाङ, दोर्जे शेर्पा, अनुशा शेर्पा, डोल्मा लामा शेर्पा, सुक्र बहादुर शेर्पा र निमा लमु तामाङ रहेका छन् ।

उनीहरुलाई मञ्चमा संघीय उपमहासचिव र शेर्पा प्रान्तीय मञ्चका अध्यक्षबाट खादा अर्पण गर्दै मञ्चमा स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;