शेर्पा प्रान्तीय मञ्चको ल्होसार शुभकामना तथा प्रवेश कार्यक्रम (फाेटाे फिचर सहित)

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा प्रान्तीय मञ्च, नेपालले काठमाडौं बौद्धस्थित शेर्पा गुम्बामा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

बौद्ध धर्मगुरु सेर्कोङ रिन्पोक्षेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय मञ्चका उपमहासचिव दिपा आदाङमा गंगा, संघीय सचिवहरु चन्द्र कन्दङवा लावासा, दिलकुमार लावती, संघीय सचिवालय सदस्य एविश्चा लाबुङ, संघीय सदस्यहरु प्रयास बान्तवा, सरस्वता लिङदेन, काठमाडौं उपत्यका अध्यक्ष मिक्तोक इवा, मुख्य सचिव रन्धोज ताम्लीङ, अर्थसचिव निसा लिम्बु लगायत नेताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा शेर्पा प्रान्तका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शेर्पा जातीहरुको महान चार्ड ल्होसारको अवसर पारेर आयोजित उक्त कार्यक्रममा शेर्पा कलाकारहरुले विभिन्न जातीय परम्पराका नृत्य र गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, संखुवासभा लगायत विभिन्न जिल्लाका शेर्पा जातीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मञ्चका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए भने धर्मगुरुबाट धार्मिक प्रवचन समेत राखिएको थियो ।

संघीय शेर्पा प्रान्तीय मञ्चका अध्यक्ष तेम्डी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य दावा शेर्पाले राखेका थिए भने संचालन उपाध्यक्ष निमा शेर्पाले गरेका थिए ।

यसैगरी उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि शेर्पा प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा सुकराम तामाङ दोलखा, दावा ग्याल्बो लामा, साङतेम्बा शेर्पा, निम्फुन्जो शेर्पा, सुञ्ज्यू शेर्पा भुजेल, याङजुम दोङ, टाशी डोल्मा शेर्पा, कामी शेर्पा, लिलादेवी तामाङ, साङडोमा शेर्पा, दावा तामाङ गोले, प्रवेश तामाङ, दोर्जे शेर्पा, अनुशा शेर्पा, डोल्मा लामा शेर्पा, सुक्र बहादुर शेर्पा र निमा लमु तामाङ रहेका छन् ।

उनीहरुलाई मञ्चमा संघीय उपमहासचिव र शेर्पा प्रान्तीय मञ्चका अध्यक्षबाट खादा अर्पण गर्दै मञ्चमा स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...