छुट्टाछुट्टै सवारी दुर्घटनाबाट झापामा २ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

दमक, १ चैत्र । झापामा छुट्टाछुट्टै दुर्घटना सडक दुर्घना हुँदा २ जनाको ज्यान गएको छ । झापाको दमक र कमल गाउँपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनाबाट २ को मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–२ बेलडाँगि स्थित दमक–रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम चुलाचुली–५ का ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन् ।

को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

यसरी नै झापाको कमल गाउँपालिका–५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका–१ का ३९ बर्षीय कमल राई रहेका छन् । हिजो बेलुका साँढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईते भएका राईको उपचारको लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुर्ण बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...