चुलाचुली १ मा लिम्बुवान मञ्चको टोल गठन कार्यक्रम जारी

 लिम्बुवान न्युज
                       

चुलाचुली, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. १ समितिले टोल गठन कार्यक्रमलाई निरन्तर दिईरहेको जनाएको छ । सोमबार मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा २ वटा टोलहरुमा संगठन विस्तार गरिएको हो ।

चुलाचुली १ स्थित विसाउने टोल समितिमा सुक बहादुर लावतीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्ष सीता ओरुमहाङ, सचिवमा खड्ग लिङदेन र अर्थसचिवमा सुनिता नेम्बाङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः उत्तम राई, सुर्य थोक्लेहाङ, दिपेश बेघा, लालबहादुर सुब्बा, सुरेन्द्र लावती, राजन थापा, देउमान लावती, दलबहादुर हाङखिम राई र नरेश राई रहेका छन् ।

यसरी नै माङहिम टोल समितिको अध्यक्षमा किसानध्वज सम्बाहाम्फे चयन भएका छन् । उक्त समितिमा उपाध्यक्ष दिनेश कन्दङवा, सचिव छत्र लावती र अर्थसचिव वविता लावती यसरी नै सहअर्थसचिवमा ज्योति धिमाल निर्वाचन भएका छन् भने सदस्यहरुमा नुर बहादुर राई, गोविन्द धिमाल, अमृत योङहाङ, धनबहादुर तामाङ, डिल्ली लावती, भद्रसिं लावती, राम बहादुुर राई र दुर्गा लावती निर्वाचन भएका छन् ।

कार्यक्रम चुलाचुली १ का वडाध्यक्ष वीरु जवेगुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला सदस्य सन्तोष इवा, एल.भी. कमाण्डर विशाल लावती, वडा १ उपाध्यक्ष देउमान नेम्बाङ लगायत वडाका नेताहरुको उपस्थिति रहेको थियो ।

यसरी नै १ नम्बर वडाको देउराली टोल र हात्तिलेदा विसाउने टोलमा क्रियासिल सदस्यता वितरण कार्यक्रम समेत सम्पन्न भएको मञ्चका प्रान्तीय सचिवालय सदस्य तथा १ नं. वडाध्यक्ष पूर्ण लावतीले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...