कियाचू अध्यक्षमा प्रेम येक्तेन, महासचिवमा पुनः तुम्बापो

 लिम्बुवान न्युज
                       

फेदेन पान्थर, २ चैत्र । पान्थरको फेदेनमा जारी किरात याक्थुङ चुम्लुङ्को जारी ११औं महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । चार दिनसम्म चलेको महाधिवेशनले मंगलबार प्रेम येक्तेनको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । महासचिवमा पुनः तिरन्ती तुम्बापो दोस्रो कार्यकालको लागि निर्वाचित भएकी छिन् ।

गत फाल्गुन २८ गतेबाट शुरु भएको कियाचू महाधिवेशनको लामो छलफल पश्चात नयाँ नेतृत्व चयन भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा कमल तिगेला, गोविन्द आङबुङ, कमला फोम्बो र चन्द्र कुमार आङ्देम्बे रहेका छन् ।

यसरी नै महासचिवमा निरन्ती तुम्बापो पुनः निर्वाचित हुँदा उपमहासचिवमा योगेन्द्र पालुङवा, सचिवहरुमा चक्र येक्तेन, दिलकुमारी लिम्बु, भवानी विक्रम सङबाङफे, भिम प्रसाद योङहाङ र कोषाध्यक्षमा अमर तुम्याहाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा पान्थरबाट लक्ष्मण लाओती, कमिता तुम्वापो, मोरङ्बाट सन्तोष सेरेङ, बिमला पालुङवा, भक्तपुरबाट सीता हुक्पा चोङबाङ, काठमाडौंबाट इन्द्र कुमारी लक्सम, आइन्द्र कुमार आङ्बो, सुनसरीबाट कर्ण विक्रम लिम्बू, झापाबाट अमृत योङहाङ, चन्द्रकला सुब्बा, संखुवासभाबाट उत्तम कुमार लिङ्थेप, धनकुटाबाट चन्द्र सिं नेम्बाङ, इलामबाट विष्णु कुमारी तुम्बापो, तेह्रथुमबाट राज्य प्रसाद लुम्फुङ्वा, ताप्लेजुङबाट ठाकुर सिं लिम्बू रहेका छन् ।

यसरी नै लिम्बुवान प्रदेशबाट केन्द्रीय सदस्यहरुमा मनोहर लिम्बू, जीवन प्रकश सेर्मा, विवेक योेङहाङ, डा. भीम सुब्बा, इक्सा सङबाङ्फे नाल्बो, नेवा ताम्सालिङ प्रदेशबाट रेश्मा खेवाङ र कविराज आङदेम्बे निर्वाचित भएका छन् ।

बाँकी थप १० जना जिल्लाहरुबाट मनोनित गरिने चुम्लुङ स्रोतले बताएको छ ।

 

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...