घेदुङ अध्यक्षमा मोहन गोले निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं, २ चैत्र । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएका छन् । फागुन २९ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार अबेर सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अर्का प्रत्यासी अध्यक्ष उम्मेद्वार बेली लामालाई हराउँदै गोले निर्वाचित भएका छन् । उनले ४ सय १ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी लामाको पक्षमा १ सय ७ मत खसेको थियो ।

यसरी नै सहअध्यक्ष पदमा कुमार घिसिङ निर्वाचित भए । घिसिङले ३२१ मत प्राप्त गरेका छन् भने उनका अर्का प्रत्यासी मित्रसेन योञ्जनले १४६ मत प्राप्त गरेका छन् ।
यसरी नै वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षहरुमा सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन, मानबहादुर तामाङ, दिपक वाइबा र महिला उपाध्यक्षमा सन्चकुमारी ब्लोन र सिता लामा रहेका छन् ।

यसैगरी महासचिवमा काजीमान थिङ, उपमहासचिवहरुमा जगतमान दोङ र हर्कमान तामाङ, त्यसैगरी सचिवहरुमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ र बिनाकुमारी माम्बा रहेका छन् भने कोषाध्यक्षमा रुपबहादुर योन्जन निर्वाचित हुँदा सहकोषाध्यक्षमा सावित्री तामाङले बाजी मारिन् ।

अधिवेशनले सदस्यहरुमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...