दीपा र इन्द्रशुसिलको आवाजमा एस.पी.को ‘नक्कले भेना’ सार्वजनिक

,   लिम्बुवान न्युज
                       

दमक, २ चैत्र । गायीका दीपा सुहाङ लिम्बू र गायक इन्द्रशुसिल तिलिङ चोङबाङको सुमधुर आवाजमा सजिएको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सार्वजनिक भएको छ ।

गीतकार एस.पी.निङलेकु लिम्बूको शब्द रहेको इन्द्रशुसिल तिलिङ चोङबाङको संगीतमा मिना लिम्बू नेम्बाङको अभिनय रहेको पुर्बेली गीत ‘नक्कले भेना’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

निर्देशक रवि किरण मादेनको निर्देशनमा शिरकुमार साम्पाङ राईको छायाँकन तथा बसन्त वाम्बुले राईको सम्पादन रहेको भिडियोमा निसुम लिम्बू, सुनिता लिम्बु, सुजता साम्बा, लिला केदेम लिम्बू, मिना मादेम्बा, चन्द्र मादेम्बा, फुलमाया मादेम्बा, कुमारी पयाङगु, राजकुमारी लिम्बू, तुलसा वनेम, नम्रदा लिम्बू, प्रेम कुमारी लिम्बू, शेर कुमार तिलिङ चोङबाङ, केहेरसिं तिलिङ चोङबाङ, मिलन तिलिङ चोङबाङ, बिष्णु सोल्टी तिलिङ चोङबाङ, बिर्ख तिलिङ चोङबाङ, एल.बी. नेयोङ र थानाहाङ तिगेलाको समेत अभिनय हेर्न सकिने छ ।

धनु ग्याङमीको संगीत संयोजनमा किङग स्टुडियो काठमाण्डौ र म्यूजिक मिडिया धरानमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

(भिडियाे तल हेर्नुहाेस्ः)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;