फाकफोकथममा कोरिया कामदार लाने प्रक्रिया पुरा नगरेको भन्दै सरोकारवालाहरुको खबरदारी

 लिम्बुवान न्युज
                       

फाकफोकथुम, ४ चैत्र । दक्षिण कोरियामा मौसमी कामदार लाने सम्झौता भएको फाकफोकथुम गाउँपालिकाले कामदार लाने त्यस क्षेत्रका स्थानीय नागरिकहरुबाट निवेदन लिएकोमा आवश्यक प्रक्रिया पुरा नगरी छनौट गरेकोमा स्थानीय सरोकारवालाहरुले खबरदारी गरेका छन् ।

उनीहरुले एक विज्ञप्ति प्रकाशित गर्दै पालिकामा धर्ना समेत दिएको स्थानीय युवा नेता दिपक योङहाङले बताएका छन् । पालिकाले मनोमानी ढंगबाट निवेदन लिई छिमेकी जिल्ला झापाको विर्तामोडमा मेडिकल रिपोर्ट बनाउन बोलाइएको प्रति अपत्ती जनाउँदै यस्तो कार्यप्रति खेद प्रकट गरेका छन् ।

उनीहरुले सो कार्यको खारेज गरि निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेद्वार छान्नु पर्ने माग राख्दै पुनः छनौट प्रक्रिया अघि बढाउन गाउँपालिकालाई अपिल गरेका छन् ।

विज्ञप्तिमा भनेका छन् मागलाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गर्ने खबरदारी गरेका छन् । विज्ञिप्तमा विभिन्न राजनैतिक दलमा आबद्ध स्थानीय २ दर्जन भन्दा धेरै युवाहरुले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...