
इटहरी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी उपमहानगरपालिकाको अधिवेशनबाट अध्यक्षमा भिम खजुम लिम्बु सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार इटहरीमा आयोजित अधिवेशनले उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यता तथा एवम् उपाध्यक्ष एवम् १ नं. प्रदेशका माननीय सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनले उपाध्यक्षहरुमा सानवीर लिम्बु, देव नारायण लिम्बु, कोपिला लिम्बु, मोहन चेम्जोङ र तेज लाबुङ् चयन गरेको छ भने सचिवमा इन्दिरा नेम्बाङ, सहसचिवमा दिवस लिम्बु र अर्थसचिवमा लिला लिम्बु रहेका छन् ।

यसैगरी सचिवालय सदस्यहरुमा मिरा राई गुरुङ्, अनु राई, विनि लिम्बु, टिका कुरुम्बाङ, सुमित्रा लिम्बु, मचिन्द्र लिम्बु, मनोज थलङ्, चन्द्रवति लिम्बु र पदम केदेम रहेका छन् भने सदस्यहरुमा चेतनाथ पन्त, दिलमाया लिम्बु, विष्णु खापुङ, एलोन श्रेष्ठ, मनमाया लिम्बु, रेणुका कुमारी सिग्देल, सरस्वती लिम्बु, मनिता लिम्बु, रोमन श्रेष्ठ, उमा लिम्बु, धनलाल लिम्बु र ठाकुर सिं नेम्बाङ निर्वाचित भएका छन् ।
यसरी नै सल्लाहकार समितिमा सिंहराज लिम्बु, धनबहादुर लिम्बु, विनोद आङबुहाङ, बल बहादुर मादेन रहेका छन् ।
महिला मञ्चको अध्यक्षमा सरिता राई (अधिकारी)

आजै भएको संघीय लिम्बुवान प्रान्तीय महिला मञ्च इटहरी उपमहानगरको अध्यक्षमा सरिता राई अधिकारी चयन भएकी छिन् । त्यसैगरी समितिको उपाध्यक्षमा टिका कुरुम्बाङ, सचिवमा मनिता लिम्बु, सहसचिवमा विनि लिम्बु र अर्थसचिवमा अनु राई निर्वाचित भएका छन् ।
यसरी नै समितिको सदस्यहरुमा क्रमशः तारा लिम्बु, अनिता लिम्बु, करिस्मा लिम्बु, लक्ष्मी लिम्बु, पूर्ण लिम्बु, चन्द्रवती लिम्बु र मनमाया लिम्बु निर्वाचित भएका छन् ।