लिम्बुवान इटहरी अध्यक्षमा भिम खजुम निर्वाचित

 लिम्बुवान न्युज
                       

इटहरी, ५ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल इटहरी उपमहानगरपालिकाको अधिवेशनबाट अध्यक्षमा भिम खजुम लिम्बु सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार इटहरीमा आयोजित अधिवेशनले उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यता तथा एवम् उपाध्यक्ष एवम् १ नं. प्रदेशका माननीय सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनले उपाध्यक्षहरुमा सानवीर लिम्बु, देव नारायण लिम्बु, कोपिला लिम्बु, मोहन चेम्जोङ र तेज लाबुङ् चयन गरेको छ भने सचिवमा इन्दिरा नेम्बाङ, सहसचिवमा दिवस लिम्बु र अर्थसचिवमा लिला लिम्बु रहेका छन् ।

यसैगरी सचिवालय सदस्यहरुमा मिरा राई गुरुङ्, अनु राई, विनि लिम्बु, टिका कुरुम्बाङ, सुमित्रा लिम्बु, मचिन्द्र लिम्बु, मनोज थलङ्, चन्द्रवति लिम्बु र पदम केदेम रहेका छन् भने सदस्यहरुमा चेतनाथ पन्त, दिलमाया लिम्बु, विष्णु खापुङ, एलोन श्रेष्ठ, मनमाया लिम्बु, रेणुका कुमारी सिग्देल, सरस्वती लिम्बु, मनिता लिम्बु, रोमन श्रेष्ठ, उमा लिम्बु, धनलाल लिम्बु र ठाकुर सिं नेम्बाङ निर्वाचित भएका छन् ।

यसरी नै सल्लाहकार समितिमा सिंहराज लिम्बु, धनबहादुर लिम्बु, विनोद आङबुहाङ, बल बहादुर मादेन रहेका छन् ।

महिला मञ्चको अध्यक्षमा सरिता राई (अधिकारी)

आजै भएको संघीय लिम्बुवान प्रान्तीय महिला मञ्च इटहरी उपमहानगरको अध्यक्षमा सरिता राई अधिकारी चयन भएकी छिन् । त्यसैगरी समितिको उपाध्यक्षमा टिका कुरुम्बाङ, सचिवमा मनिता लिम्बु, सहसचिवमा विनि लिम्बु र अर्थसचिवमा अनु राई निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा क्रमशः तारा लिम्बु, अनिता लिम्बु, करिस्मा लिम्बु, लक्ष्मी लिम्बु, पूर्ण लिम्बु, चन्द्रवती लिम्बु र मनमाया लिम्बु निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;