
दमक,५ चैत । दमक ८ का हेमराज राईले काठमाडौदेखि दमकसम्मको करिव चार सय आठ किलोमिटर लामो दुरीको यात्रा (५३ घण्टा २५ सेकेण्ड ) दौडिएर पूरा गरेका छन् ।
दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा आज शनिवार दिउँँसो १२ वजेतिर पूरा गरेका हुन् । दमकमा धावक राईलाई भव्य रुपले सम्मान गरिएको दौडको संयोजन गरिआएका दमकको एडभेन्चियर इक्यूपमेन्टका सञ्चालक बिषण राईले बताए ।

धावक राईलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायत दौड सम्बद्ध खेलाडी,संघसंस्थाका प्रतिनिधिहरुले खादा,फूलमाला लगाईदिएर सम्मान दिएका थिए । दौड समापन औपचारिक कार्यक्रममा धावक राईले दौड अवधि भरिका अनुभव सुनाउदै दौडमा सहयोग पुरयाँउने सवैमा आभार समेत व्यक्त गरेका थिए ।
त्यस्तै, नगर प्रमुख ओलीले धावक राईको साहषिक कार्यको प्रंशसा गर्दे यस्ता प्रतिभालाई हामी सवैले प्रोत्साहन दिनु पर्ने जोड दिए ।
धावक राईका अनुसार दैनिक १ सय किलोमिटर यात्रा दौडिएको हो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि खेलकुद ’ भन्ने नाराका साथ शुरु गरेका उनको दौडमा खेलसम्बद्ध खेलाडीहरुले सहयोग पुरयाँएका थिए । दौड यात्रा सिन्धुली ,बर्दिबास हुदै पूर्वपश्चिम राजमार्गहुदै झापाको दमकमा आएर यात्रा समापन गरिएको उनले बताए ।उनीसंगै धनकुटाका डेविट खेवाले पनि काठमाडौ धनकुटा दौडिएर यात्रा पूरा गरेका थिए ।
पाँच बर्षदेखि दौड गरिआएका राईको लामोदुरीको दौड भने यो नै पहिलो भएको र यसअघि विभिन्न पुरस्कार,पदक जितेको धावक राईले बताए । उनले भने , –‘यस दौडले आफूलाई उत्साहित बनाएको छ,यसै क्षेत्रमा लागिरहने थप प्रेरणा प्राप्त गरेको छु ’ समापनमा किरात राई यायोक्खाका दमक अध्यक्ष धनजीत राई लगायतले शुभकामना दिएका थिए ।