रक्की थेवे पाथीभरा विकास समितिको अध्यक्षमा नियुक्त

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, ६ चैत्र । सरकारले पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा ताप्लेजुङका रक्की थेबे नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रस्तावमा मन्त्रिपरिषद्को आइतवार साँझको बैठकले सो निर्णय गरेको हो ।
विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधनपछि सो पद खाली रहेको थियो ।

नवनियुक्त थेबे लिम्बुवान आन्दोलनको क्रममा पक्राउ पछि ताप्लेजुङमा चर्चित बनेका युवा नेता हुन् । लिम्बुवान राजनीति छोडेर जसपा हुँदै कम्यूनिस्ट राजनीतिमा होमिएका नेता हाल नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव रहेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...