दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, ६ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङकाे १३औं श्रद्धाञ्जली सभा भव्यरुपमा मनाइएको छ । शहीद राजकुमार आङ्देम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानले मनिल समाधीस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
प्रतिष्ठानका महासचिव दिलकुमार लावतीको सभाध्यक्षता तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्त्रुङ्को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उपाध्यक्ष इम्बुङले सम्बोधन गर्दै शहीदको सपना पुरा नभएको हुँदा निरन्तर आन्दोलनमा सरिक भइरहेको हुँदा शहीद प्रति सम्मान भएन कि भन्ने अनुभूति नगर्न शहीद परिवारलाई अनुरोध गर्नु हुँदै लिम्बुवान र पहिचानको राजनीति लक्ष्य प्राप्ति तर्फ उन्मुख हुँदै गएको हुँदा एकदिन शहीदको सपना पुरा हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसरी नै कार्यक्रममा मञ्चका प्रान्तीय सचिव धनबहादुर पन्धाक, मञ्चका झापा जिल्ला अध्यक्ष नगेन राई लगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । कार्यक्रमलाई प्रतिष्ठानका सदस्य पदम तामाङको संचालन तथा सदस्य मनोहर थलङले स्वागत मन्तव्य राखेका थिए ।
यसैक्रममा शहीद मनिल तामाङको स्मृतिमा ताप्लेजुङ, पान्थर, इलाम, सुनसरी, तेह्रथुम लगायत जिल्लाहरुमा समेत श्रद्धाञ्जली कार्यक्रम भएको छ भने प्रवासमा कतार, दुवई, साउदी, दक्षिण कोरिया, यूके लगायत विभिन्न देशहरुमा श्रद्धाञ्जली कार्यक्रम भएको खबर प्राप्त भएको छ ।
संघीय शिक्षा लागू गराउन र स्ववियू निर्वाचन प्रणाली पूर्ण समानुपातिक पद्दतीबाट हुनु पर्छ भन्ने आन्दोलनको क्रममा २०६५ चैत्र ६ गते प्रहरीको गोली लागी धुलाबारी क्याम्पसमा तामाङ्ले सहादत्ता प्राप्त गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...