स्थानीय निर्वाचनमा चुनाव चिह्नका लागि आयोगमा ५८ दलले बुझाए विवरण

 लिम्बुवान न्युज
                       

काठमाडौं , ७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिह्नबाट निर्वाचन लड्नका लागि निर्वाचन आयोगमा ५८ राजनीतिक दलले विवरण बुझाएका छन् । राष्ट्रिय पार्टी बाहेकका दलहरुको विवरण अध्ययनको क्रममा रहेको निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा संचालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको उम्मेद्वारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेको थियो । सोही अनुसार ५८ वटा दलहरूबाट विवरण प्राप्त भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा पेश भएका विवरण आयोगमा प्राप्त हुने रहेको आयोगले जनाएको छ । साना राजनीतिक दलले चुनाव चिह्नमा विभेद भएको भन्दै चर्को विरोध गरेपछि आयोगले दलकै चुनाव चिह्न दिनेगरी नयाँ निर्णय गरेर विवरण मागेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;