दमक गोल्डकपको सम्पूर्ण तयारी पुरा : उद्घाटन खेलमा दमक–११ र बागमती युवा क्लब भिड्ने

 लिम्बुवान न्युज
                       

दमक, ८ चैत । प्रदेश १ कै सर्वाधिक राशीको दमक गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बुधबारबाट दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहने जनाएको छ ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, आयोजक दमक–११, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङमस्र्याङ्दी फुटबल क्लब, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जेलिङ, दुर्गापुर सन्डे क्बल कोलाकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले जानकारी दिए । प्रतियोगिता १८ चैतमा सम्पन्न हुनेछ । भोली हुने उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।
प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको उनले बताए । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्ने बताइएको छ भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाईएको छ ।

प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार सहित ट्रफी, मेडल प्रदान गरिने छ भने उपविजेताले रु ६ लाख ११ ट्रफी र मेडल पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले बताएका छन् ।

साथै खेलमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल् डर, फरवाड र प्रशिक्षकले जनही रु २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...