गजुरधन राई फाेनिज अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

चितवन, ९ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनले गजुरधन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

महाधिवेशनले अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्यो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको थियो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भए ।

त्यसैगरी महासचिवमा मिलन लिम्बू‚ सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भए भने सचिव अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भए भने कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः चित्रबहादुर गुरुङ (लाला) र सञ्चु ब्लोन तामाङ सर्वसम्मत भए ।


फाेनिज साताैं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू सपथ ग्रहण गर्दै

प्रदेश इन्चार्जमा भक्तशेर लिम्बू (प्रदेश नम्बर १), निरज पिठाकोटे (मधेस प्रदेश), पेमा लामा (बागमती प्रदेश) यमबहादुर गाहा (मिलन),(लुम्बिनी प्रदेश), बुद्धिमान पुन मगर (कर्णाली), भिमबहादुर चौधरी (सुदुर पश्चिम प्रदेश) चयन भए ।

संस्थागततर्फ सदस्यहरु क्रमशः देवेन्द्र खापुङ (लिम्बू), निम्लेकी शेर्पा (शेर्पा ), सुनिल महर्जन (नेवार) सन्तकुमार चौधरी (थारू), चित्रबहादुर गुरुङ (गुरुङ), नेत्र तामाङ (तामाङ) र प्रकाश राई (राई) चयन भए ।

खुला सदस्यतर्फ क्रमशः बुद्ध योञ्जन लामा, लोकेश लिबाङ, कमलसिंह थारु, गजेन्द्र राई र हर्कबहादुर घर्तीमगर निर्वाचित भए भने महिलातर्फ क्रमशः सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता निङ्लेकु लिम्बू, मञ्जुकुमारी श्रेष्ठ, बिना राई सर्वसम्मत भए ।

अल्पसंख्यक पुरुषतर्फ सदस्यहरु विदुर खवास र उद्धव चेपाङ र महिलातर्फ रोशनी कँवर सर्वसम्मत भए । लेखा संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरुमा क्रमशः उर्मिला गम्बा (सर्वसम्मत) र भकेन्द्र लावती निर्वाचित भए ।

फोनिज सातौं संघीय महाधिवेशन चैत ६ देखि ८ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...