संघीय मञ्चका गुरुङ् र यक्सोले स्थानीय निर्वाचन चुनाव हाक्ने

 लिम्बुवान न्युज
                       

चन्द्र लिङ्देन, टंक खापुङ र शर्मिला याक्सोले पाए यति ठूलो जिम्मेवारी

दमक, १० चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन जिम्मेवारी तोकेको छ । मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरुङलाई लिम्बुवान, खम्बुवान किरात प्रान्तीय निर्वाचन परिचालन समितिको संयोजकमा जिम्मेवारी दिइएको छ । त्यसैगरी संघीय उपाध्यक्ष विष्णु यक्सोलाई देशभरिकै चुनाव परिचालन समितिको संयोजक तोकिएको छ ।

स्थानीय निर्वाचनमा देशको सबै जिल्लाहरुबाट चुनाव लड्नेगरी तयारी भईरहेको मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले बताउनु भयो । मञ्चको बिहीबार बसेको जुम पदाधिकारी बैठकले यक्सोको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा विशेन्द्र चेम्जोङ, मिङमार लामा, टेम्डी शेर्पा, रघुवीर ठगुन्ना, शर्मिला बागचन्द, अशोक चेम्जोङ, गजेन्द्र सुब्बा, दिपा आदाङ्मा, चन्द्र कन्दङवा लावासा, आशा पाल, सुर्य आङबुहाङ, सागर केरुङ्, विष्णुमाया थापा भट्टराई र दावा शेर्पा रहेका छन् ।

यसरी नै बुधबार दमकमा बसेको लिम्बुवान प्रान्तीय पदाधिकारी बैठकले ज्ञान बहादुर गुरुङ्को संयोजकत्वमा १५ सदस्यीय लिम्बुवान, खम्बुवान किरात प्रान्तीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा यलम्बर खम्बू (झापा), थाङसाङ लावती (इलाम), इन्दीरा मेन्याङ्बो (ताप्लेजुङ), भविराज तुम्सा (प्रदेश), दिलकुमार लावती (कार्यालय), धनराज सुब्बा (झापा), भुपेन्द्रसुन्दर लावती (सुनसरी), शंकरमान खेवा (तेह्रथुम), निमा शेर्पा (संखुवासभा), थर्क बहादुर बस्नेत (खोटाङ), राजु राई (उदयपुर), रामचन्द्र थापा मगर (मोरङ्) र कमल सिं तिगेला (धनकुटा) जिम्मेवारी पाएका छन् ।

त्यसैगरी मञ्चले दिलकुमार लावतीको संयोजकत्वमा तीन सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । समितिमा संघीय सहसचिव सागर केरुङ र प्रान्तीय उपमहासचिव धनराज सुब्बा सदस्य रहेका छन् ।

मञ्चले दुई हप्ता भित्रमा चुनावी घोषणा पत्र प्रकाशन गरि सबै जिल्लाहरुको स्थानीय तहमा पु¥याउने समेत जनाएको छ । मञ्चले पहिचानको आधारमा १०+१ प्रान्तहरु सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीय सहअस्तित्व, सामुदायिक समाजवाद र संघीय अर्थतन्त्रको मूल एजेण्डालाई चुनावी नारा बनाउँने साथै सबै स्थानीय तहमा उम्मेदवारी दिने समेत जनाएको छ ।

यसैगरी मञ्चका उपाध्यक्ष चन्द्र कुमार लिङ्देनलाई अन्तराष्ट्रिय प्रवास समन्वय मञ्च हेर्ने जिम्मेवारी दिइएको छ । यसरी नै उपाध्यक्ष टंक खापुङ्लाई संघीय लिम्बुवान सामाजिक मञ्च, यूकेलाई चलायमान बनाउने र उपाध्यक्ष शर्मिला याक्सो लिम्बुलाई संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके प्रवास समितिलाई शसक्त बनाई सबै पक्षलाई सहभागी गराउदै सक्रियतापूर्वक लाग्न जिम्मेवारी दिइएको संघीय महासचिव अशोक चेम्जोङ्ले बताउनु भयो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...