संघीय मञ्चका गुरुङ् र यक्सोले स्थानीय निर्वाचन चुनाव हाक्ने

 लिम्बुवान न्युज
                       

चन्द्र लिङ्देन, टंक खापुङ र शर्मिला याक्सोले पाए यति ठूलो जिम्मेवारी

दमक, १० चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन जिम्मेवारी तोकेको छ । मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरुङलाई लिम्बुवान, खम्बुवान किरात प्रान्तीय निर्वाचन परिचालन समितिको संयोजकमा जिम्मेवारी दिइएको छ । त्यसैगरी संघीय उपाध्यक्ष विष्णु यक्सोलाई देशभरिकै चुनाव परिचालन समितिको संयोजक तोकिएको छ ।

स्थानीय निर्वाचनमा देशको सबै जिल्लाहरुबाट चुनाव लड्नेगरी तयारी भईरहेको मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले बताउनु भयो । मञ्चको बिहीबार बसेको जुम पदाधिकारी बैठकले यक्सोको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा विशेन्द्र चेम्जोङ, मिङमार लामा, टेम्डी शेर्पा, रघुवीर ठगुन्ना, शर्मिला बागचन्द, अशोक चेम्जोङ, गजेन्द्र सुब्बा, दिपा आदाङ्मा, चन्द्र कन्दङवा लावासा, आशा पाल, सुर्य आङबुहाङ, सागर केरुङ्, विष्णुमाया थापा भट्टराई र दावा शेर्पा रहेका छन् ।

यसरी नै बुधबार दमकमा बसेको लिम्बुवान प्रान्तीय पदाधिकारी बैठकले ज्ञान बहादुर गुरुङ्को संयोजकत्वमा १५ सदस्यीय लिम्बुवान, खम्बुवान किरात प्रान्तीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा यलम्बर खम्बू (झापा), थाङसाङ लावती (इलाम), इन्दीरा मेन्याङ्बो (ताप्लेजुङ), भविराज तुम्सा (प्रदेश), दिलकुमार लावती (कार्यालय), धनराज सुब्बा (झापा), भुपेन्द्रसुन्दर लावती (सुनसरी), शंकरमान खेवा (तेह्रथुम), निमा शेर्पा (संखुवासभा), थर्क बहादुर बस्नेत (खोटाङ), राजु राई (उदयपुर), रामचन्द्र थापा मगर (मोरङ्) र कमल सिं तिगेला (धनकुटा) जिम्मेवारी पाएका छन् ।

त्यसैगरी मञ्चले दिलकुमार लावतीको संयोजकत्वमा तीन सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । समितिमा संघीय सहसचिव सागर केरुङ र प्रान्तीय उपमहासचिव धनराज सुब्बा सदस्य रहेका छन् ।

मञ्चले दुई हप्ता भित्रमा चुनावी घोषणा पत्र प्रकाशन गरि सबै जिल्लाहरुको स्थानीय तहमा पु¥याउने समेत जनाएको छ । मञ्चले पहिचानको आधारमा १०+१ प्रान्तहरु सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीय सहअस्तित्व, सामुदायिक समाजवाद र संघीय अर्थतन्त्रको मूल एजेण्डालाई चुनावी नारा बनाउँने साथै सबै स्थानीय तहमा उम्मेदवारी दिने समेत जनाएको छ ।

यसैगरी मञ्चका उपाध्यक्ष चन्द्र कुमार लिङ्देनलाई अन्तराष्ट्रिय प्रवास समन्वय मञ्च हेर्ने जिम्मेवारी दिइएको छ । यसरी नै उपाध्यक्ष टंक खापुङ्लाई संघीय लिम्बुवान सामाजिक मञ्च, यूकेलाई चलायमान बनाउने र उपाध्यक्ष शर्मिला याक्सो लिम्बुलाई संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके प्रवास समितिलाई शसक्त बनाई सबै पक्षलाई सहभागी गराउदै सक्रियतापूर्वक लाग्न जिम्मेवारी दिइएको संघीय महासचिव अशोक चेम्जोङ्ले बताउनु भयो ।

 

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;