लिम्बुवान मञ्चको फालेलुङ ७ को वडा कार्यालय उदघाटन

 लिम्बुवान न्युज
                       


पाँचथर, १० चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ को वडा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ ।

बिहिवार वडा ७ स्थित सिदेनमा स्थापना गरिएको हो । पार्टी कार्यालय उद्घाटन सँगै आगामी हुन लागेको स्थानीय निर्वाचनमा आन्तरिक उम्मेदवारी समेत तयारी गरिएको अध्यक्ष अर्जुन केरुङले बताए ।

उद्घाटन कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, सचिव सुबास केरुङ नुनाम, निर्वाचन क्षेत्र ‘क’ का सचिव गगन जबेगु, फालेलुङ गाउँपालिकाका उपाध्यक्षद्वय पुर्ण चोङ्बाङ, धनबहादुर केरुङ लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...