दमक गोल्डकपमा एमालेको राजनीति – कांग्रेस

 लिम्बुवान न्युज
                       

दमक१० चैत  दमकमा जारी दमक गोल्ड कपमा नेकपा एमालेले राजनीतिकरण गरेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएका छन् 

आज बिहिबार कांग्रेसले दमकमा पत्रकार सम्मेलन गरि सो कुरा बताएका छन् 

कांग्रेस दमक गोल्ड कप सवै दमक बासीको अपनत्व गराउने भन्दा पनि आसन्न चुनाव लक्षित पार्टी गतिविधि जस्तो मात्र भएको आरोप लगाएको हो 

कांग्रेस नेतृत्वले दमक गोल्ड कप फूटवलका लागि अत्यन्त राम्रो काम भएपनि त्यसलाई सफल बनाउन भन्दा स्थानीय सरकारको नेतृत्वगरिआएको पार्टी  गोल्डकपको संयोजन गरिआएको कथित खेलकुद विकास समितिले राजनीति गर्न खोजेको औल्याए 

गोल्डकप आयोजना हामी सबैको साझा बन्न सक्नु परथ्र्यो भन्दै नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले तरप्रतियोगिताको तामझम हेर्दा नेकपा एमालेले खेलकुदमा चुनाव फसाएको जिकीर गरिन्  उनले आफू दमककैबासी भएर पनि खेल हेर्नआफूलाई बन्चित गराएको सुनाईन्  स्थानीय सरकारको कामकाज प्रति गंभीर आक्रोस पोख्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृलिम्बूले भनिन्, –‘ पाँच वर्षसम्म स्थानीय सरकारले यस्तै तरिकाले मन परी गरेको यो ठिक होइन  हामी हिसावकिताव खोज्छौ ’

कार्यक्रमस्थलबाट गोल्डकपको शुभकामना दिदै उनले गोल्डकपमा हाम्रो पार्टी  त्यसलाई सफल बनाउन बनाउन गठन गरिएका कुनै पनिसमितिमा बसेर सहयोग नपुरयाँउन निर्देशन पनि दिइन्  २४ घण्टा भित्र गोल्डकपको कुनै पनि समितिमा बसेका कांग्रेस नेतृत्वक्रियाशील सदस्यहरुले आफनो जिम्मेवारीबाट अलग हुन उनले कडा निर्देशन दिइन् 

कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक गोल्डकप आयोजना हुनु खुसीको विषय भएपनि त्यसकोकार्यशैली प्रति तितो बोल्न बाँध्य हुनु परेको बताए  गोल्डकपप्रति कांग्रेसले असहयोग गर्न खोजेको नबुझन आग्रह गर्दे उनले तरगोल्डकपमा कता कता एकपक्षीय जस्तो भएको टिप्पणी गरे  उनले भने, –‘दमक गोल्डकपमार्फत दमकलाई चिनाउन खोजिए पनियसको तामझाम भने एमालेले फूटवल खेलाए जस्तो देखिन्छयस्तो हुनु दुखद हो ’

कांग्रेस क्षेत्रीयसहित प्रदेश सभादमकका कांग्रेस नेतृत्वहरुको उल्लेखीय सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश ( का सभापति रवि केसीले पनि दमक गोल्डकप यसअघिका गोल्डकप जस्तै देखिएको बताए  सिमीत समूह,पार्टीबाट गोल्ड कपपरिचालित हुनु ठिक नभएको उनले टिप्पणी गरे 

कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइले दमक गोल्डकप आयोजना हुनु स्वागतयोग्य भएपनि त्यसभित्र भने राजनीति गर्न खोजिएकोबताए  बाटोघाटो,विद्यालय ,खोलानालामा स्थानीय सरकारले राजनीति गरेको उदाहरण दिदै उनले यति हुदाहुदै अव खेलकुदमा समेतराजनीतिकरण गरेर आफनो अनुहार उदाङ्गो पारेको टिप्पणी गरे 

पत्रकार सम्मेलनमा कांग्रेस  नम्बर प्रदेश सदस्य भूमिराज राईमहाधिबेशन प्रतिनिधिहरु राजन ढुंगाना,रेगिना भटटराई प्रसाईआइन्द्रकेरुङटिकाराज सापकोटालगायतका युवा नेताहरुवडा सभापतिहरुविभिन्न भूमिकामा रहेका पार्टी कार्यकर्ताहरुको उल्लेखीयउपस्थिति रहेको थियो 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...