गेल्जे लामा शेर्पा महासंघकाे अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको १० औं राष्टिय महाधिवेसनलबाट गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

नवलपरासीको कावासोतीमा बिहिबार सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध रुपमा चयन भएका छन । त्यस्तै उपाध्यक्ष पदमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन ।

त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन ।

यस्तै सचिवमा मंगलराम दराई, गोविन्द लामा ह्याल्मो, मोहन राजबंशी, विकास सुरेल, ममता मेचे छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्विराध निर्वाचित गरेको छ ।

यसैगरि महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...