आर्मीको लज्जास्पद हारः मानेभञ्ज्याङ् अन्तिम चारमा प्रवेश

 लिम्बुवान न्युज
                       


दमक, १३ चैत। मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक/एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो । ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो । खेलको ६४ औँ मिनेटमा विमल कुमारले माने भञ्ज्याङको अग्रतालाई तेब्बर बनाए । मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो ।

मानेभञ्ज्याङले खेलको इन्ज्यरी समयमा थप एक गोल गर्दै ४–० को जित निश्चित ग¥यो । राकेश सिंहले मैदानको मध्यभागबाट बल अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भयो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यवहोर्नु प¥यो ।

आइतबारको खेलको म्यान अफ दि म्याच विजयी टोली मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिए ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...