लिम्बुवान मञ्च सुनसरी २ (क) संयोजकमा सनवीर लिम्बु चयन

 लिम्बुवान न्युज
                       

इटहरी, १३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल सुनसरी जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा क्षेत्रीय समिति गठन भएको छ ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमले सनवीर लिम्बुको अध्यक्षतामा समिति गठन भएको हो ।

आइतबार आयोजित कार्यक्रमले उपसंयोजकहरुमा पदम केदेम, सुरेन्द्र देवान र उमा लिम्बु चयन भएका छन् भने सचिवमा दिवश लिम्बु, अर्थसचिवमा विनी लिम्बु चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः धनबहादुर बि.क., एलोन श्रेष्ठ, सविना लिम्बु, लक्ष्मण लिम्बु, सरिता राई अधिकारी, दिलमाया लिम्बु, ज्ञान बहादुर लिम्बु, धनबहादुर ओख्राबो, तेज बहादुर लाबुङ, धनलाल केदेम, सरस्वती साँवा लिम्बु र इन्द्रकला लिम्बु चयन भएका छन् ।

प्रान्तीय उपमहासचिव तथा संयोजक भुपेन्द्र सुन्दर लावतीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमलाई अदत लिम्बुले सहजीकरण गरेका थिए । कार्यक्रममा नैन विश्वकर्मा, जिल्ला अध्यक्ष अमर इजम, जिल्ला उपाध्यक्षहरु तिर्थ मादेम्बो, मनोहर थलङ लगायत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;