नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, १४ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए । यद्यपि निर्धारित समयमा गोल हुन सकेन । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । म्यान अफ दि म्याचको पुरस्कार दमकस्थित झापा मोडल स्कुलले प्रायोजन गरेको हो । यो खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन् । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन् ।

 

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ । क्वाटरफाइनलमा मनाङले बागमती युथ क्लबलाई पराजित गरेको थियो भने माने भञ्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...