
दमक, १४ चैत । दमकमा यहि चैत १९ गते ‘रन यूथ मिरा’ हुने भएको छ । अल्ट्राम्याराथन धावक मिरा राईको सहभागितामा रन यूथ मिरा दौड हुने भएको दौडको संयोजन गरिआएको एडभेन्चेयर एक्यूप्मेन्टका सञ्चालक भिषण राईले बताए ।
दौड खेलमा संलग्न खेलाडीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले जनाएका छन् । स्थानीय गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा हुने सो दौड भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको उनले बताएका छन् । उनले भने, –‘ख्याति प्राप्त राष्ट्रिय धावक मिरा राईको संस्थालाई सहयोग जुटाउन तथा खेलाडीहरुलाई हौसल्ला प्रदान गर्न उक्त दौडको आयोजना गर्न लागिएको हो ’ ।
दौडमा सहभागि हुन चाहने खेलाडीहरुलाई एक दिन अगावै दमक– ८ सेतुमारी रोडस्थित एडभेन्चेयर एक्यूप्मेन्टमा सम्पर्क गरि नाम दर्ता गर्न सकिने जनाईएको छ ।