उर्लाबारी ८ मा लिम्बुवान मञ्चको अन्तरक्रिया कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

उर्लाबारी, १४ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय प्रान्तीय मञ्च, नेपाल उर्लाबारी नगरको आयोजनामा उर्लाबारी ८ दुर्गापुरीस्थित किरात याक्थुङ चुम्लुङकाे सभाहलमा अन्तरक्रिया तथा क्रियासिल सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चका संघीय महासचिव अशोक चेम्जोङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो ।

मञ्चमा प्रान्तीय महासचिव दिलकुमार लावती, संघीय सहसचिव चौकीदार तामाङ्, सचिवालय सदस्य हरिराज खिम्दीङ्, लिम्बुवान प्रान्तीय सचिव दिलु लिङदेन, एलभी कमाण्डर राजु लिम्बु, जिल्ला अध्यक्ष जीवन खेवा, जिल्लाका अन्य नेताज्युहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मञ्चको आगामी कार्यदिशा र स्थानीय तहको निर्वाचनमा कस्तो भूमिका रहन्छ भन्नेबारेमा महासचिव चेम्जोङले बोल्नुभयो भने अन्य नेताज्यूहरुले मञ्च चुनावमा सहभागी हुने बताएका छन् । कार्यक्रममा मञ्चको क्रियासिल सदस्यता वितरण समेत गरिएको थियो ।

नगरअध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिव बरुण लाबुङले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण नगरसचिव अञ्जु लिङ्देनले गरेकि थिइन् ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;