निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता प्रशिक्षण

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १५ चैत । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना संचारकर्मीको सहभागिता रहेको थियो ।

महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अनलाइन खवरका प्रधानसम्पादक शिव गाउँलेले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन महासंघ शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल र मोहनकाजी न्यौपानेले संयुक्त रुपमा गरेका थिए ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण उद्घाटन समारोहमा पूर्व अध्यक्ष दाहाल, फोनिजका निवर्तमान प्रदेश इञ्चार्ज दिपीन राई, नेपाल प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टरका जिल्ला सचिव उद्धव पुरी, संघीय पत्रकार मञ्च, नेपालका अध्यक्ष दिलकुमार लावतीले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेकी थिइन् । सचिव डिकेश लामा र सह सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट पर्वत पोर्तेल र शान्ति सुब्बाले आफ्ना अनुभव सुनाएका थिए ।

खोज पत्रकारिता केन्द्रका पूर्व सम्पादक समेत रहेका प्रशिक्षक गाउँलेले अहिलेसम्म नलेखिएका विषयमा खोज मुलक समाचार लेख्नु पर्नेमा जोड दिए । उनले पत्रकार आचासंहिता र निर्वाचन आयोगले जारी गरेको आचार संहितालाई अनिवार्य रुपमा पालना गर्नु पर्ने बताए ।
आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नहुने भन्दै गाउँलेले उजुरी पर्ने हो भने आचारसंहिता उल्लङ्घन गर्नेहरु सबै दण्डित हुने बताए ।

गाउँलेले पत्रकारले अहिलेसम्म नलेखेका विषयमा प्रष्ट्याएका थिए । उनले निर्वाचनका बेला समाचार लेख्दा ध्यान पुर्याउनुपर्ने विषय, लेख्नुपर्ने विषय र लेख्न नहुने विषय सहभागीलाई जानकारी गराए । निर्वाचनका बेला आचारसंहिता पालनामा अझ विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।
सहभागीले आसन्न निर्वाचनका सन्दर्भमा प्रशिक्षण प्रभावकारी भएको र आफ्नो पत्रकारिताको मूल्यांकन गर्ने अवसरसंगै नयाँढंगले अघि बढ्नका लागि ज्ञान सीप हासिल भएको बताए ।

गाउँलेको हेराईमा मिडियाले के लेखेनन् ?

बहुमतको दुरुपयोग सम्बन्धी राम्रा स्टोरी लेखिएनन् । वडा अध्यक्षहरु दबाबमा छन् ः उनीहरुका सम्बन्धमा गतिला स्टोरी लेखिएनन् । बनेका धेरै कानुनहरु कार्यन्वयनमा छैनन् भन्नेबारे लेखिएन । महानगरपालिका माथिको आकर्षण पनि लेखिएन । गाउँपालिका÷नगरपालिकाले सिमान्तकृत, अल्पसंख्यक र उत्पिडित समुदायका लागि बिशेष के कार्यक्रम गरे ? आयआर्जन, सिलाईबुनाइ हैन कि बजेटको कति प्रतिसत हिस्सा उनीहरुका लागि खर्च भयो भनेर हामीले खोजेनौ ।
ऐन, नियम मार्फत संघ र प्रदेशको थिचोमिचो, करका दरमा, अधिकार पनि दुरुपयोग पनि लगायतका विषयमा पत्रकारको ध्यान पुगेन ।

गाउँलेको प्रश्न छ– उपमेयर पदलाई अलिबढि ‘ग्ल्यामर’ बनार्यौ कि हामीले ? लोकतन्त्र तलसम्म पुग्यो कि पुगेन ? ‘स्थानीय निकाय’ बाट ‘स्थानीय तह’ अझ ‘स्थानीय सरकार’ हुँदाका संक्रमणहरु बारे हामीले पाठक, दर्शक र स्रोतालाई राम्ररी बुझाएनौ कि ? स्थानीय सरकारमा निर्वाचित भएका दलित प्रतिनिधिहरुको हालत के छ ? उनीहरुले स्थानीय सरकारमा आफुहरु हुनु नहुनुको कुनै अर्थ थाहा पाए ? कुनै परिर्वतन आयो ? आत्माविश्वास बढाउने कुनै काम भयो ? उनीहरुको मुद्धाले कुनै प्राथमिकता पायो ? स्वार्थ बाझिने बिषयमा हामीले कति गतिलो गरी स्टोरी ग¥र्यौ ? जनताको घर दैलोको सरकारले गाउँ गाउँमा कस्तो न्याय व्यवस्था बसायो त ? अथवा उनीहरुलाई न्याय व्यवस्था हाम्रो पहुँचमा आयो भन्ने भयो ?

(तस्वीरः विनाेद पाण्डे)

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...