“नसान”को निर्देशनमा ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक (भिडियो सहित)

,   लिम्बुवान न्युज
                       

दमक, १५ चैत । सञ्चरकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू भाषाको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ सार्वजनिक भएको छ । गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीत तथा सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आलुङमाईन केघान्दुआङ’ को भिडियो मंगलबार संगीत दर्पण नेपाल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

मोडल तथा निर्देशक अनिस लावती, दिपिका सेर्मा, भावना लावती र दीप राईको अभिनय रहेको भिडियोलाई पुष्प किराती र सेलिङ सेन्दोले छायाँकन गरेका छन् । यस्तै सम्पादन सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सनस्)को रहेको छ ।

संगीत दर्पण नेपालको प्रस्तुतिमा मोरङको जाँते र लेटाङको राजारानी ताल र झापाको बेल्डागी लगायतका रमणिय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा प्रेमिल जोडीहरुको हाँसो, रोदन, मिलन र बिछोडको खुशी अनि पिडालाई प्रस्तुत गरिएको छ ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा सुम्निमा देवानको मेकअप रहेको छ । यस अघि गायीका सुमिला आङदेम्बेको आवाजमा उक्त गीतको फिमेल भर्जनमा सार्वजनिक भईसकेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;