‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन दमकमा

 लिम्बुवान न्युज
                       


काठमाडौं, १९ फागुन । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न शहरहरुमा भइरहेको छ । यसै क्रममा दमक अडिसन यहि फागुन २० र २१ गते इट्टभट्टा स्थित श्री सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ग्यानेश्वर स्थित ग्यालेक्सि पब्लिक स्कुलमा आयोजना हुँदैछ ।

अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुल्ने परिचयपत्र लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथैविदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नुहुन्छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ । त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समुहविधामा सहभागी हुन चहानेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनपर्नेछ ।

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंकाकार्की र नरमन राई हुने जनाइएको छ ।

यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशीभएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । ‘डान्स यूनिभर्स’को सँस्कृतिक समुहविधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

फाउन्डेसनले नेपालबाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरोपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहतसहभागिताको अपेक्षा राखेको जनाएको छ ।

सम्बन्धित समाचार

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...

पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । अघिल्लो प्रदेशसभामा...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...