कोशी प्रदेश नाम खरेजीको माग गर्दै प्रदर्शन

 लिम्बुवान न्युज
                       


विराटनगर, २० फाल्गुन । प्रदेश १ को नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङकाे संयोजनमा बनेको लिम्बुवान किरात संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ पनि गरेका हुन् । उनीहरुले पहिचानको आधारमा लिम्बुवान–किरात नामकरण गरिनुपर्ने माग गरे । प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले प्रदेशको नाम खारेज गरेरै छाड्ने चेतावनी दिएका छन् । उनले यदि यसो नभए गृहयुद्ध सम्म हुन सक्ने चेतावनी दिएका छन् । कार्यक्रममा कियाचू अध्यक्ष प्रेम येक्तेन, जसपाका नेता मातृका धिमाल लगायतले नाम खारेज नभए सडकबाटै नाम लेखाउने चेतावनी दिएका छन् ।

यसैगरी संघर्ष समितिले फाल्गुन २० र २१ गते स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने । २२ गते तराई क्षेत्रको स्थानीय तहहरुमा कालो झण्डा गाड्ने र कोणसभा गर्ने । कार्यालयहरु तालाबन्दी गनेै त्यसैगरी २३ गते पहाडी जिल्लाहरुमा गर्ने र २४ गते संघर्ष समितिलाई वडा तहसम्म थप शसक्त बनाउने र आम हड्ताल सहितको कडा आन्दोलन घोषणा गर्ने कियाचू अध्यक्ष येक्तेनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा ६ जना सांसद अनुपस्थित थिए ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...