कोशी प्रदेश नाम खरेजीको माग गर्दै प्रदर्शन

 लिम्बुवान न्युज
                       


विराटनगर, २० फाल्गुन । प्रदेश १ को नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङकाे संयोजनमा बनेको लिम्बुवान किरात संयुक्त संघर्ष समितिमा आवद्ध विभिन्न राजनीतिक दल र संघसंस्थाहरुले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ पनि गरेका हुन् । उनीहरुले पहिचानको आधारमा लिम्बुवान–किरात नामकरण गरिनुपर्ने माग गरे । प्रदेशको नाम पहिचानका आधारमा नराखे देशभरि आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले प्रदेशको नाम खारेज गरेरै छाड्ने चेतावनी दिएका छन् । उनले यदि यसो नभए गृहयुद्ध सम्म हुन सक्ने चेतावनी दिएका छन् । कार्यक्रममा कियाचू अध्यक्ष प्रेम येक्तेन, जसपाका नेता मातृका धिमाल लगायतले नाम खारेज नभए सडकबाटै नाम लेखाउने चेतावनी दिएका छन् ।

यसैगरी संघर्ष समितिले फाल्गुन २० र २१ गते स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने । २२ गते तराई क्षेत्रको स्थानीय तहहरुमा कालो झण्डा गाड्ने र कोणसभा गर्ने । कार्यालयहरु तालाबन्दी गनेै त्यसैगरी २३ गते पहाडी जिल्लाहरुमा गर्ने र २४ गते संघर्ष समितिलाई वडा तहसम्म थप शसक्त बनाउने र आम हड्ताल सहितको कडा आन्दोलन घोषणा गर्ने कियाचू अध्यक्ष येक्तेनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा कोशीको पक्षमत ८२ जनाले मतदान गरेका थिए । ४ जनाको विपक्षमा मतदान गर्दा ६ जना सांसद अनुपस्थित थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;