नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावना कायमै

,   लिम्बुवान न्युज
                       

काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजमा शीर्ष ३ मा रहि सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

शीर्ष ३ मा पर्न नेपालले अव बाँकी रहेको मध्ये ४ खेलमा ४ खेल नै जित्नुपर्ने भएको छ । विश्वकप लिग टू को शीर्ष तीन टोलीले जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ विश्वकप लिग टू को च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेको छ ।

अव नेपाल र नामिबिया मध्ये एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंक सहित पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा विश्वकप लिग टू को अन्त्य गरिसकेको छ ।

नेपालले अव यूएईसँग २ र पपुवा न्युगिनीसँग २ खेल खेल्न बाँकी रहेको छ । नेपालले शीर्ष ३ मा पर्न नामिबियालाई पछाडी पार्नुपर्ने हुन्छ । नामिबियाको ३९ अंक रहेको छ । नामिबियालाई पछि पार्न नेपालले बाँकी रहेको ५ खेलमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पार्नु पर्ने हुन्छ ।

यदी नेपालले बाँकी सबै खेल जित्दा ४० अंक हुनेछ । यसो गर्दा नेपालले नामिबियालाई पछाडी पार्नेछ । त्यसैले नेपालले शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ ।

यूएईको सबै खेल जित्दा पनि ३९ अंकमा मात्रै पुग्नसक्छ । नेपालले बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ ।

जुन नेपाललाई शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पर्याप्त हुनेछ । नेपाल कुनै एक खेलमा पराजित भएमा शिर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ ।

नेपालका बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ ।

टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;