जसपाले बनायाे रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार

 लिम्बुवान न्युज
                       


काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरस्थित बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यादव बारा क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् । आठ दलीय राजनीतिक संयन्त्रले नेपाली कांग्रेसलाई राष्ट्रपति र जसपालाई उप–राष्ट्रपति दिने समझदारी अनुसार यादव उम्मेदवार बनेका हुन् ।

कांग्रेसका तर्फबाट सिफारिस भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार उप–राष्ट्रपति पदको उम्मेदवारमा फागुन २७ गते मनोनयन छ । उप–राष्ट्रपतिको चैत ३ गते निर्वाचनको कार्यतालिका रहेको निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।

बारामा रिक्त हुने क्षेत्र नं. २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने तयारीमा छन् । उपेन्द्र सप्तरीबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । पराजित भएका अध्यक्ष यादव प्रतिनिधिसभामा छिर्न निकै जोडबल गरेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;