आम हड्तालको प्रभाव प्रदेश १ को १४ जिल्लामा

 लिम्बुवान न्युज
                       


दमक, २८ फागुन । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले आज आह्वान गरिएको प्रदेश १ आमहडतालको प्रभाव प्रदेशको १४ वटै जिल्लामा परेको छ ।
सबै सरकारी कार्यालय, यातायात र शैक्षिक क्षेत्र समेत बन्द गर्न आग्रह गर्दै प्रदेश १ पुनः नामाङकनको माग गर्दै आन्दोलनकारीह आम हड्तालमा उत्रिएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ्, सुनुवार समाज, याक्खा छुम्मा, शेर्पा लगायत प्रदेशमा क्रियासिल सबै जातीय संघ संस्था, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एस, नेकपा माओवादीका भातृ संगठन लगायत विभिन्न संगठनहरुको संयुक्त आव्हानमा आम हड्ताल भएको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ्, पान्थरको फेदेन, इलाम बजार, झापाको प्रमुख शहरहरु काकरभिट्टा, विर्तामोड, दमक, भद्रपुर, प्रदेश राजधानी विराटनगर लगायत मोरङको प्रमुख शहरहरु उर्लाबारी, पथरी, बेलबारी, लेटाङ् त्यसैगरी सुनसरीको इटहरी, धरान लगायत प्रमुख शहरहरु, धनकुटाको धनकुटा बजार, चौबिसे त्यसैगरी तेह्रथुमको सदरमुकाम म्याङलुङ, लालीगुराँस, छथर शुक्रबारेबजार, संखुवासभाको खाँदबारी, चैनपुर, उदयपुरको बेलटार, गाइघाट लगायत, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर र खोटाङ् लगायत सबै क्षेत्रमा बजार बन्द रहेको छ भने यातयातका साधनहरु चल्न सकेको छैन ।

प्रदेशको राजधानी विराटनगरमा समेत बन्द शान्तिपूर्ण रहेको कियाचू अध्यक्ष निरन्ती तुम्बापोले आफ्नो सामाजिक संजालमा उल्लेख गरेकि छिन् । यसैगरी कियाचू प्रदेश अध्यक्ष मधु कुरुङ्ले पनि आफ्नो सामाजिक संजाल मार्फत मेची राजमार्गमा कुनै पनि सवारी साधनहरु नगुढेको पान्थरमा बन्दले प्रभाव पारेको उल्लेख गरेका छन् ।

यसैगरी संघर्ष समितिले आगामी चैत्र ५ गते कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै प्रदेश राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...