आम हड्तालको प्रभाव प्रदेश १ को १४ जिल्लामा

 लिम्बुवान न्युज
                       


दमक, २८ फागुन । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलित प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले आज आह्वान गरिएको प्रदेश १ आमहडतालको प्रभाव प्रदेशको १४ वटै जिल्लामा परेको छ ।
सबै सरकारी कार्यालय, यातायात र शैक्षिक क्षेत्र समेत बन्द गर्न आग्रह गर्दै प्रदेश १ पुनः नामाङकनको माग गर्दै आन्दोलनकारीह आम हड्तालमा उत्रिएका हुन् ।

नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ्, सुनुवार समाज, याक्खा छुम्मा, शेर्पा लगायत प्रदेशमा क्रियासिल सबै जातीय संघ संस्था, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एस, नेकपा माओवादीका भातृ संगठन लगायत विभिन्न संगठनहरुको संयुक्त आव्हानमा आम हड्ताल भएको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ्, पान्थरको फेदेन, इलाम बजार, झापाको प्रमुख शहरहरु काकरभिट्टा, विर्तामोड, दमक, भद्रपुर, प्रदेश राजधानी विराटनगर लगायत मोरङको प्रमुख शहरहरु उर्लाबारी, पथरी, बेलबारी, लेटाङ् त्यसैगरी सुनसरीको इटहरी, धरान लगायत प्रमुख शहरहरु, धनकुटाको धनकुटा बजार, चौबिसे त्यसैगरी तेह्रथुमको सदरमुकाम म्याङलुङ, लालीगुराँस, छथर शुक्रबारेबजार, संखुवासभाको खाँदबारी, चैनपुर, उदयपुरको बेलटार, गाइघाट लगायत, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर र खोटाङ् लगायत सबै क्षेत्रमा बजार बन्द रहेको छ भने यातयातका साधनहरु चल्न सकेको छैन ।

प्रदेशको राजधानी विराटनगरमा समेत बन्द शान्तिपूर्ण रहेको कियाचू अध्यक्ष निरन्ती तुम्बापोले आफ्नो सामाजिक संजालमा उल्लेख गरेकि छिन् । यसैगरी कियाचू प्रदेश अध्यक्ष मधु कुरुङ्ले पनि आफ्नो सामाजिक संजाल मार्फत मेची राजमार्गमा कुनै पनि सवारी साधनहरु नगुढेको पान्थरमा बन्दले प्रभाव पारेको उल्लेख गरेका छन् ।

यसैगरी संघर्ष समितिले आगामी चैत्र ५ गते कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै प्रदेश राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...