कोशी प्रदेश खारेजीको माग गर्दै १४ जिल्लामा आमहड्ताल सम्पन्न

,   लिम्बुवान न्युज
                       


दमक, २८ फागुन । प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएकोमा बिरोध गर्दै १४ जिल्लामा आमहड्ताल भएको छ । प्रदेश नं. १ को पुनः नामाङ्कनको माग गर्दै प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले आज आमहडताल गरेको हो ।

आज प्रदेशका १४ वटा जिल्लाका सदरमुकाम र प्रमुख शहरहरु बन्द भएको छन् । यसैगरी शैक्षिक संस्था, सरकारी निकायहरु लगायत सबै संस्थाहरु आन्दोलनकारीहरुले बन्द गर्न आव्हान गरेका थिए । बन्दकर्ताहरु विहानै देखि आन्दोलनमा सहभागी हुने क्रममा झापाको विभिन्न स्थानबाट पक्राउ परेका थिए ।

झापाको काकरभिट्टाबाट मित्र लिङदेन, विनोद न्यौपाने, निर्मला लिङदेन, देउमानहाङ लिम्बु, राज खम्बु, गौरीमान राई, कुमार साम्यु, सामी पालुङवा, कोपिला लावती र सुनिता लामा पक्राउ परेका थिए । यसरी नै काकरभिट्टाबाट ओमप्रकाश खापुङ र श्रवण मेचे, दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो, महेन्द्र चाम्लिङ, याम लिम्बु, बेनुकुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादेन, डिगबहादुर मादेन र श्याम मादेन, यसरी नै चारआलीबाट लिम्बुवानका उपाध्यक्ष यलम्बर खम्बु, केर्खाबजारबाट ममता लिम्बु, साम्योक आङदेम्बे र दिलीप घताने र बुट्टाबारीबाट अर्जुन येक्तेन पक्राउ परेका थिए । उनीहरुलाई साँझ प्रहरीले रिहाई गरेको छ ।

झापा बाहेक अन्य जिल्लाहरुमा प्रहरीसँग मुठभेठ भएपनि पक्राउ नपरेको खबर प्राप्त भएको छ । प्रहरीको लठ्ठी प्रहारबाट कमल केर्खा सडकखण्डमा एल.भी. साम्योक आङदेम्बे घाइते भएको हुँदा वहाँको दमक अस्पतालमा उपचार भईरहेको कियाचू झापा अध्यक्ष सेसेहाङ फियाकले बताए ।

इटहरी पूर्व लोक मार्ग, कोशी मार्ग, मेची मार्ग लगायतका अन्य मध्यपहाडी, मदनभण्डारी, दमक चिसोपानी रवि सडक लगायतका मुख्य सडकहरुमा सवारी साधन ठप्प भएको संघर्ष समितिले जनाएको छ ।

यसैगरी प्रदेश नं. १ को राजधानी विराटनगर लगायत मुख्य शहरहरु धरान, इटहरी, दमक, विर्तामोड बजारहरु बन्द रहेको थियो । प्रदेश नामाकरण पहिचानको आधारमा गरिने पर्ने माग राख्दै संघर्ष समितिमा आबद्ध विभिन्न जातीय संघसंस्थाहरु, संगठनहरु र राजनैतिक दलहरुले आन्दोलनलाई निरन्तर अघि बढाउने चेतावनी दिदैं आगामी चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन गर्ने जनाएको छ ।

विभिन्न स्थानहरूमा साँझ काेणसभा गर्दै उनीहरूले राज्यले आदिवासी जनजातिको पहिचानलाई नामेट पार्ने षडयन्त्र गरेको बताएका छन् । हामीले लामो समय देखि प्रदेश नामाकरण पहिचानको आधारमा हुनु पर्ने माग राख्दै आन्दोलन गरिरहेको तर हाम्राे आवाजलाई वेवास्ता गर्दै छापामारशैलीमा प्रदेशको नामाकरण गरिएकोमा आफूहरुको अपमान गर्ने प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेकाे बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;