प्रदेश १ को नाम लिम्बुवान किरात राख : फोनिज

 लिम्बुवान न्युज
                       

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजले प्रदेश नम्बर  लाई पहिचानकाे आधारमा लिम्बुवान किरात प्रदेश नामाकरण गर्नुपर्ने माग दोहोर्याएको  

शनिबार  आइतबार सर्लाहीको हरिवनमा सम्पन्न फोनिजको नीति तथा विधान सम्मेलनपछि जारी १३ बुँदे घोषणा-पत्रमा यस्तो माग गरिएको हो 

प्रदेशको नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरि कोशी कायम गरिएकोप्रति फोनिजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको  

त्यस्तै,  फोनिजले तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न समेत माग गरेको  

सो कार्यक्रममा आमन्तृत संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताएका थिए 

आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै मन्त्री किरातीले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास समेत व्यक्त गरेका थिए 

उनले आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने  त्यसबाट समग्र देशको पर्यटन क्षेत्रको विकास हुने दावी गरे 

फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहल कदमी साथ सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए 

कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष दण्ड गुरुङहरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमतीनगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान  नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना व्यक्त गरेका थिए 

सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए 

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहेको बताएका थिए 

सम्मेलनले फोनिज विधानमा संशोधन गरेको महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् फोनिजले संघीय राजधानी काठमाडौं  उपत्यका लक्षित गैरभौगोलिक विशेष प्रदेश थप  फोनिजको संरचना पालिका तहसम्म विस्तार गर्ने गरी विधान संशोधन गरेको हो 

२०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा जातीय पत्रकार संस्था प्रदेश समिति विदेश शाखा रहेका छन्  यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन्  (हरप्रहर खबरबाट)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;