प्रदेश १ को नाम लिम्बुवान किरात राख : फोनिज

,   लिम्बुवान न्युज
                       

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदेश नम्बर १ लाई पहिचानकाे आधारमा लिम्बुवान किरात प्रदेश नामाकरण गर्नुपर्ने माग दोहोर्याएको छ ।

शनिबार र आइतबार सर्लाहीको हरिवनमा सम्पन्न फोनिजको नीति तथा विधान सम्मेलनपछि जारी १३ बुँदे घोषणा-पत्रमा यस्तो माग गरिएको हो ।

प्रदेशको नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरि कोशी कायम गरिएकोप्रति फोनिजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै,  फोनिजले तत्कालिन नेपाल पत्रकार संघका संस्थापक सत्यनारयण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको रुपमा स्वीकार गर्न समेत माग गरेको छ ।

सो कार्यक्रममा आमन्तृत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको बताएका थिए ।

आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै मन्त्री किरातीले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास समेत व्यक्त गरेका थिए ।

उनले आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने र त्यसबाट समग्र देशको पर्यटन क्षेत्रको विकास हुने दावी गरे ।

फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजको तर्फबाट पहल कदमी र साथ सहयोग जारी रहने प्रतिवद्धता दोहोर्याएका थिए ।

कार्यक्रममा फोनिजका निवर्तमान अध्यक्ष दण्ड गुरुङ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), बागमतीनगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान र नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट आदिवासी जनजाति पत्रकारहरु सर्लाही आएका थिए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै फोनिजका संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारको उत्थान र सहभागिता वृद्धिका लागि फोनिजले निरन्तर पहल गरिरहेको बताएका थिए ।

सम्मेलनले फोनिज विधानमा संशोधन गरेको महासचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।फोनिजले संघीय राजधानी काठमाडौं र उपत्यका लक्षित गैरभौगोलिक विशेष प्रदेश थप र फोनिजको संरचना पालिका तहसम्म विस्तार गर्ने गरी विधान संशोधन गरेको हो ।

२०५६ साल जेठ २७ गते स्थापित फोनिजको ६० जिल्ला शाखा, ८ जातीय पत्रकार संस्था, ७ प्रदेश समिति, ८ विदेश शाखा रहेका छन् । यस संस्थामा देशभरबाट करिब साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । (हरप्रहर खबरबाट)

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;