जनमुक्तिसँग साना पहिचानवादी दलहरु एक हुँदै

 लिम्बुवान न्युज
                       

बिर्तामोड, ३० फागुन । राष्ट्रिय जनमुक्ति पार्टीले अन्य पहिचानवादी साना दलहरु समक्ष एकताको प्रस्ताव गरेसँगै साना दलहरु एक हुन देखिएको छ । शनिबार विर्तामोडमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुले एकताको सन्देश दिएका हुन् ।
विर्तामोडमा आयोजित उक्त कार्यक्रमले जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा पहिचान पक्षधर छ पार्टी एकता हुने सन्देश दिएको छ ।

‘राष्ट्रिय मुक्ति क्रान्तिको लागि सम्पूर्ण पहिचान पक्षधर शक्तिहरु लामबद्ध हौं’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानका शीर्ष नेताहरुले सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका थिए ।

यस एकतामा कुमार लिङदेन मिराकको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेशनल अर्गनाइजेशन जस्ता पहिचानवादी दलहरु सहभागि नभएको नेताहरुले बताए ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले कोशी प्रदेशको नामाकरणसँगै आदिवासी जनजाति, दलित, शोषितहरुको आवाज खोजिएको आरोप लगाए ।

‘शासन सत्ता परिवर्तन भयो, शासकहरु परिवर्तन भएन, व्यवस्थाहरु परिवर्तन भए तर जनताको अवस्था परिवर्तन भएन ।’ उनले भने, ‘अब आम जनताको अवस्था सुधार्न र पहिचानसहितको अधिकार दिलाउन पहिचानवादी दलहरु एक हुनुको विकल्प छैन ।’

एकता घोषणा कार्यक्रममा संघीय लिम्बूवानका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले सम्पूर्ण शोषित–पीतिडका पक्षमा संघर्ष गर्ने गरी एकता गरिएको बताए ।

पालुङ्वाले एकतामा नै शक्ति हुने हुँदा अब फुटेर हैन जुटेर पहिचानको निम्ति लड्ने बताए । षडयन्त्र पूर्वक प्रदेशको नाम कोशी राखिदा १० वर्षे जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनको मूल मर्मलाई नै अन्त्य गरेको आरोप लगाए ।
कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले पहिचानवादीहरुको अस्तित्व मेटाउने गरी काममा ठूला राजनीतिक दल लागेको आरोप लगाए । त्यस्तै, लिम्बूवान राष्ट्रिय समिति, लोसपाका अध्यक्ष भक्त खेवाङले ठूला दलले आदिवासी जनजाति, अल्पसंख्यक, दलितलाई प्रयोगमात्र गरेको बताउँदै शोषित पीडित एक भई लाग्नुपर्ने बताए ।

सात बुँदे सहमति गर्दै छ पार्टी बीच एकता भएको थियो । सहमति पत्रमा नेपालको औपनिवेशिक एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य स्वायत्त क्षेत्र, विषेश क्षेत्र सरक्षित क्षेत्र एवम् गैर–मौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न, राज्यको हरेक अङ्गहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी र सहभागीतामुलक प्रतिनिधित्व एवम् पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने, नेपाली समाजको आमूल रुपान्तरण गर्न स्वदेशवाद, बहुलराष्ट्रवाद बहजातीय, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त एवम् विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण गर्ने बुँदाहरु रहेका छन् ।

त्यस्तै, नेपालको संविधान २०७२ पुनर्लेखन तथा संसोधन, राष्ट्रिमुक्ति क्रान्ति सम्पन्न गर्ने, लिम्बूवान, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, आदिवासी जनजाति, मुस्लिम, पिछडा वर्ग, थारुहट, मधेसी लगायत र सरकारबीच विगतमा भएका सहमति तथा सम्झौताहरु कार्यान्वयन गराउने, कोशी प्रदेश नामांकन खारेज गर्दै प्रदेश नं. १ को पुनः नामांकनका लागि सशक्त आन्दोलन गर्ने लगायतका बुँदाहरुमा सहमति भएको थियो ।

एकताको सम्पूर्ण प्रक्रिया पूरा नभइञ्जेलसम्मको लागि राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको संयोजकत्वमा प्रत्येक संगठनको अध्यक्ष र पदाधिकारीहरु सहितको पार्टी एकता कार्यसम्पादन समिति गठन गरिने जनमुक्तिका महासचिव पदम जवेगुले जानकारी दिए । उनका अनुसार एकीकृत पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, पार्टीको विधान, घोषणा–पत्र, आचारसंहिता लगायतका प्राविधिक पक्षहरु कार्यसम्पादन समितिले तय गर्ने बताए ।

पार्टी एकता घोषणा कार्यक्रममा संघीय खम्बूवान लोकतान्त्रिक पार्टीका अध्यक्ष रघुनाथ खम्बू, किराँत लिम्बूवान प्रदेश नामाङकन अभियानका संयोजक प्रेमदीप थाम्सुहाङ लिम्बू लाजेसा लगायतले एकताको विषयमा बोलेका थिए ।

जनमुक्तिका उपमहासचिव विष्णु थाम्देनले एकताको सहमति घोषणा–पत्र वाचन तथा संघीय लिम्बूवानका उपाध्यक्ष निश्चला लावतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लासिम पालुङ्वाले गरेका थिए ।

सम्बन्धित समाचार

गाेविन्द हत्याका मुख्य अभियुक्त सहित तीनजनालाई प्रहरीले गर्याे सार्वजनिक

दमक । इलामको चुलाचुली ३ का गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीन जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । सोमबार साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर प्रहरीले दमक ७ बस्ने २२...

अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु

प्रकाश पाक्साँवा तेह्रथुम १३ असोज । नियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गीत संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लागेको अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु भएको छ । आइडलको अनलाइन आवेदन यही...

लुङधुङकाे छैटाैं साधारणसभा सम्पन्न : येहाङनगर स्मारिका विमाेचन

दमक, १३ असोज। झापाको दमक नगरपालिका वडा नं. १ स्थित लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार दमक वडा न. १ का वडासदस्य राजकर्ण राईको प्रमुखको आतिथ्यतामा संस्थाको छैटौं बार्षिक...

सहकारी यात्रा र सुदुर सम्झनाहरू

यात्रा संस्मरण सेसेहाङ चाेङबाङ ज्यान विसन्चो हुदाहुदै यात्रामा निस्कनु पर्ने भो । खै यात्राहरु त रहरले गरिने हो । यात्रामा निस्किन पाउँदा प्रसस्तै खुसी, हर्ष र उमंग हुनुपर्ने तर बाध्यताले गरे जस्तो स्वास्थ समस्याले बनाइ...